Hi-Speed Computer

Awareness Campaign

बुटवलमा सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: बुटवलको बेलबासमा सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३, बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

बुधबार दिउँसो बुटवल १३ बेलवासचोकमा पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ आउदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल परेको थियो।

दुर्घटनाबाट गभ्मीर घाइते बाबु छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। सोही दुर्घटनामा बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।

Forest
Forest
Ad.

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। यस्तै दुबै मोटरसाइकल र ट्याङकर प्रहरी नियन्त्रणमा रहेका छन्। ग्लोबलआवाज डटककममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया