Smoking Causes Cancer

नागढुंगामा १४.२८ ग्राम खैरो हिरोइनसहित धादिङका जोनाम लामा पक्राउ



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

​ओझेलका खबर, काठमाडौं।  काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले भारी मात्रामा लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

​पूर्वी नेपालको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–०२–००२ ख ११८२ नम्बरको यात्रुवाहक बसलाई शंका लागेर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला परेको हो।

​प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१४ बस्ने २९ वर्षीय जोनाम लामा रहेका छन्। लामाले शरीर तथा झोलामा लुकाई-छिपाई ल्याएको प्लास्टिकसहित कुल १४.२८ ग्राम खैरो हिरोइन जस्तो देखिने अवैध पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

​नागढुंगास्थित प्रहरी प्रभाग र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा निजलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका लामामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (SP) दानबहादुर थापाले जानकारी दिएका छन्।
​ओझेलका खबर – खबर भित्रको खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो