Smoking Causes Cancer

सोझा सोझा रुखहरु यहाँ छानी छानी ढाल्ने गर्छन्~श्याम कुमार श्रेष्ठ (गजल)



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

सोझा सोझा रुखहरु यहाँ छानी छानी ढाल्न्व गर्छन्    आफ्नो खुसीको निम्ति अरुको ज्यान दाउमा हाल्ने गर्छन्

के भनौ र खै यो पापी संसारमा  हजुर म पागल प्रेमी ले      यता मायाको आश्वासन दिएर घरजम अर्कै तिर थाल्ने गर्छन्

माया पनि कति सस्तो भयो है बजारमा किनबेच हुने          सँगै जिउने क्सम तोडेर मनमा अर्कैको माया पाल्ने गर्छन्

सिंचाई
Forest
Ad.

सँगसँगै तर्नु पर्छ मिलेर यो खोली भनी डोर्‍याएर मलाई       खोली तर्दै गर्दा बिचमा पुग्दा अन्तै पाइला चाल्ने गर्छन्

छेन यो मुर्दा झै ज्यान कुन दिन अस्ताउने हो भनी              तर अझै पनि तिखा वचनका वाण फाल्ने गर्छन्

✍️श्याम कुमार श्रेष्ठ 

कमल वडा नं.४ जीवन चोक झापा दमक

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया