Hi-Speed Computer

Awareness Campaign

भरतपुरमा निःशुल्क छोरी जीवन बीमा कार्यक्रम सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

चितवन: भरतपुरमा जन्मिने छोरीका लागि निःशुल्क छोरी जीवन बीमा कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता भएको छ।

महानगरपालिकाका तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले सम्झौता–पत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको हो।

रेनु दाहाल दोस्रो पटक महानगरप्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशुल्क जीवन बीमा गर्ने निर्णय गर्नुभएको थियो। गत जेठ ११ गतेका दिन लागू हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कार्यान्वयन गर्न सम्झौता गरिएको हो। सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूले मात्र यो सेवा लिन पाउने छन् ।

Forest
Forest
Ad.

छोरी जीवन बीमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्नेछ। बीमाका लागि जन्मदर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने छ। यो बीमा योजनाको बीमाङ्क रकम ५० हजार छ। बीमा कार्यक्रममा सहभागी भएका छोरीहरूले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन्।

महानगर प्रमुख दाहालले छोरीलाई प्रोत्साहन र संरक्षित गर्ने उद्देश्यसहित छोरी जीवन बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो। यो कार्यक्रमले छोरा र छोरीबीच हुने सामाजिक विभेद न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ। यसअघि सात हजार लिटरसम्म पिउने पानी निःशुल्क उपलब्ध गराउने निर्णय कार्यान्वयन भइसकेको छ।

पहिलो कार्यकालमा प्रमुख दाहालले भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपीडी टिकटको व्यवस्था गर्ने निर्णय गर्नुभएको थियो। यो समाचार हामीले गोरखापत्र दैनिकबाट लिएका हौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया