Awareness

Get Vaccinated

बागलुङको बडिगाडमा ओडारमा बस्ने जुनाको बन्न थाल्याे घर



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, बागलुङ: बागलुङको बडिगाड गाउँपालिका वडा नं ६ खालमा ओडारमा बस्दै आउनुभएकी जुना दमाईको घर बन्न सुरु भएको छ।

लामो सयदेखि ओडारमा बस्दै आउनुभएकी उहाँको बाँके जिल्लाको खजुरा गाँउपालिका वडा नं. ४ डिगाँउ नेपालगञ्ज स्थित स्थायी घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाको सहयोगमा घर निर्माणको प्रक्रिया अगाडी बढेको हो।

थापाकै एकल सहयोगमा केही समय अगाडी बडिगाड गाउँपालिका वडा नं ५ टारीमा दमाईलाई घडेरी खरिद गरि लालपुर्जा समेत हस्तान्तरण गरिएको थियो । सहयोगी लिल बहादुर थापाकै व्यक्तिगत सहयोगमा सोही जग्गामा घर निर्माणको काम सुरु भएको हो। थापाले घडेरी किन्ने देखि घर बनाउनेसम्मको जिम्मेवारी आफुले एक्लैले लिने यस अगाडी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

ओडारमा निकै कष्टकर जीवनयापन गरिरहेका जुनाको परिवारको बारेमा जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले भिडियो सामाग्री प्रशारण गरेपश्चात सहयोगी थापाले उनीहरुलाई एकल लगानीमा घर बनाईदिने घोषणा गर्नुभएको थियो । अहिले घरको घडेरी खन्ने काम सम्पन्न भएको छ भने अबको केही दिन भित्रै घर निर्माण कार्य सम्पन्न हुने पत्रकार नेपालीले बताउनुभयो।

यो पनि: ओडारमा बसेका दमाई परिवारलाई थापा एक्लैले किनिदिए घर बनाउन घडेरी

सहयोगी थापाले ओडारमा बसेका परिवारको दर्दनाक पीडाले आफुलाई झस्काएको भन्दै घर निर्माण गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । ‘घर निर्माणको प्रक्रिया सुरु भएको देख्दा निकै खुसी लागेको छ थापाले भन्नुभयो, छिट्टै नै निर्माण सम्पन्न गरी जुना दिदीलाई हस्तान्तरण गर्नेछौँ।’

Awareness by SKF

आफुले भोगेको पीडा देखेर घर निर्माणमै सहयोग गरेको भन्दै जुनाले सहयागी थापा प्रति आभार व्यक्त गर्नुभयो । ४ परिवार सहित ओडारमा बस्ने उहाँले आफ्ना लागि भगवान कोही छ भने उहाँनै रहेको बताउनुभयो ।

दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेका दमाई परिवारलाई घर निर्माण गरेर दिनु निकै नै सह्रानीय कार्य रहेको बडिगाड गाउँपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष एवम् समाजसेवी अर्जुन प्रसाद खरेलले बताउनुभयो। विदेशमा श्रम र पसिना बेचेर कमाएको पैसा स्वदेशका दुःखी र पीडितहरुलाई सहयोग गर्ने थापा साक्षात भगवान भएको उहाँको भनाई छ । आफुले कसैले व्यक्तिगत रुपमा घडेरी किनेर घर बनाएको देखेको यो पहिलो पटक भएकाले आश्चर्य समेत लागेको उहाँले बताउनुभयो।

समाजसेवी लिल बहादुर थापा

घर निर्माण पश्चात सहयोगी थापा नेपालमै आएर जुनालाई घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । केही समय पश्चात आफु नेपाल आउन लागेको र सोही अवसरमा घर दिदीलाई हस्तान्तरण गर्ने थापाले बताउनुभयो।

विगत १४ बर्ष यता हाल अमेरिकामा रोजगारीको शिलशिलामा कार्यरत रहदै आउनुभएका थापाले आफुले कमाएको पैसा बडिगाड गाउँपालिका लगायत देशका अन्य ठाउँमा पनि विभिन्न दिन दुखी र असहायहरुलाई सहयोग गर्दै आउनुभएको छ। आर्थिक अभावमा उपचार नपाएकाहरु, विद्यालय जान नसकेका बालबालिकाहरु र गरिबीका कारण बिहान बेलुका समेत खान गाह्रो हुनेहरुलाई उहाँले थुप्रै सहयोग गरेर धेरैको उद्धार तथा परोपकारी कार्य गर्नुभएको पत्रकार दिपक नेपालीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया