Hi-Speed Computer

Awareness Campaign

ओडारमा बसेका दमाई परिवारलाई थापा एक्लैले किनिदिए घर बनाउन घडेरी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, बागलुङ: बाँके जिल्लाको खजुरा गाँउपालिका वडा नं. ४ डिगाँउ नेपालगञ्ज स्थित स्थायी घर भएका निवासी समाजसेवी लिल बहादुर थापाले बागलुङ बडिगाडका एक व्यक्तिलाई घर निर्माणको लागि घडेरी खरिद गरिदिनु भएको छ।

विगत १४ बर्ष यता हाल अमेरिकामा रोजगारीको शिलशिलामा कार्यरत रहदै आउनु भएका थापाले घरबास विहिन बनेर बडिगाड गाँउपालिका वडा नं. ६ को खाल नजिकैको ओडारमा बसोवास गदै आउनु भएका जुना दमाईको परिवारलाई समाजसेवी थापाले आफ्नो एकल लगानीमै घर निर्माणको लागि घडेरी खरिद गरिदिनु भएको छ।

साथै थापाको आर्थिक सहयोगमा बडिगाड गाँउपालिका वडा नं. ५ को टारीमा घडेरी खरिद गरेर पिडित जुना दमाईको नाममा रजिष्टे«शन पास समेत भैसकेको छ । अवको केही दिनमै दमाई परिवारको घर निर्माणको कार्य अगाडी बढ्ने र घर निर्माणको लागि लाग्ने सम्पूर्ण खर्च समाजसेवी थापा आफैले गरिदिने थापाले बताउनु भयो ।

Forest
Forest
Ad.

घरको आर्थिक अवस्था निकै कमजोर भएका दमाई परिवारको जि टिभी नेपालका सञ्चालक दिपक नेपालीले सञ्चालन गरेको कार्यक्रम संघर्षका कथा मार्फत प्रशारण देखेर र सुनेर आफूले पिडित दमाई परिवारलाई सहयोग गरेको समाजसेवी तथा सहयोगी थापाले बताउनु भयो । साथै सहयोगी थापाले भन्नुभयो, घर निर्माणमा लाग्ने सम्पूर्ण खर्च समेत आफैले गर्ने बताउनु भयो ।

त्यस्तै पिडितलाई लालपुर्जा हस्तान्तरण कार्यक्रममा बोल्दै बडिगाड गाँउपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले यति ठूलो सहयोग मनकारी आर्थिक सहयोगी थापालाई धन्यवाद दिदै दुखीलाई जग्गा खरिद गरेर लालपुर्जा हस्तान्तरण गर्ने यो कार्य सबैका लागि उदाहरणीय कार्य र आफ्नो लागि पनि पहिलो भएको बताउनु भयो ।

त्यस्तै ४ जनाको परिवार सहित हाल ओडारमा बस्दै आउनु भएका वृद्ध चाउने दमाईले गहभरी आँसु झादै भन्नुभयो,अहिले आफूहरुको लागि साँच्चै नै जिउँदो भगवान आएको भन्दै खुशी व्यक्त गनुभयो । साथै वृद्ध दमाईले आफ्ना लागि सहयोगी थापा भगवान बनेर आउनु भएको भन्दै धेरै धन्यवाद र आर्शिवाद दिनुभयो ।

पछिल्लो समयमा समाजसेवी थापाले विदेशमा आफूले कमाएको धन पैसाको केही कमाई समाजसेवामा खर्चिदै आउनु भएको छ। समाजसेवी थापाले गुल्मी तथा बागलुङ लगायतका विभिन्न स्थानमा रहेका दुःखी, गरिब र अशक्त, असहाय एंव दिन दुखीहरु पिडितहरुलाई आर्थिक सहयोग गदै आउनु भएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया