Awareness

दाङमा पनि पचपन्न झ्याले दरबार



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

दिवाकर पोख्रेल, दाङ: पचपन्न झ्याले दरबार, भक्तपुर होइन दाङमा पनि छ। बरु भक्तपुर जस्तो चर्चामा छैन। नीजी स्वामित्वमा रहेको पचपन्न झ्याले दरबारको नत कुनै प्रचारप्रसार छ नत कोही यसको बारेमा अध्ययन अनुसन्धानकै लागि आउने गरेका छन्। बरु दिन प्रतिदिन दरबार भत्कदै जिर्ण बन्दै गइरहेको छ। घर पूर्ण रुपमा बस्न मिल्ने खालको छैन।

दाङको गढवा गाउँपालिका वडा नं ३ गोवरडीयामा रहेको पचपन्न झ्याले दरवारसंग एकसय ३२ बर्षे लामो इतिहाँस जोडिएको छ । बि.स. १९४७ सालमा शुरु गरेर १० बर्षेमा निमाण सम्पन्न भएको उक्त दरवार तत्कालिन राजपरिषदका स्थायी समितिका सभापति परसु नारायण चौधरीका वुजा जोखन चौधरीले निर्माण गर्नुभएको हो। ब्यत्तिगत रुपमा शोखको लागि निर्माण गरिएको उक्त दरबार बनाउनको लागि भारतका विभिन्न स्थानबाट दक्षकर्मीहरु ल्याएर बनाएको स्थानीय पल्लु चौधरीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,“हामीहरुले पनि हजुरवुवा(जोखन चौधरी) को कुरा सुन्दा भारतबाट दक्ष मिस्त्री ल्याएर निर्माण गरिएको र नेपालकै नमूना दरवार बनाउने योजनाका साथ शुरु गर्नुभएको हो।”

खासमा दरवार तीन तले हो । १०९० को भुकम्पले माथिल्लो तला ढलायो । जसबाट ५५ झ्यालको पहिचानलाई कम गरायो । अहिले रहेको दोस्रो तल्लामा पनि सिहं र हात्तीका मुत्र्तीहरु राखिएका छन् । अहिलेनि भवनको स्वरुप हेर्दा उच्च पदस्थ व्यक्ति बस्ने खालको देखिन्छ । हनुमान ढोका, कुमारी घर जस्तै काष्ठकला नि उक्तदरवारमा देख्न सकिन्छ । घरको नजिकै ठूलो हंसेश्वर महादेव मन्दिर छ । स्थानीय आशाराम चौधरीका अनुसार उक्त मन्दिर दरवार भन्दा पाँच बर्षे निर्माण गरिएको हो ।

दरवार देदा एकलो र सिङगो देखिन्छ तर उक्त दरवार निर्माण भएको पुस्तौँ वितिसक्दा त्यसको स्वामीत्व पनि सर्दै आइरहेको छ । अंशियार पनि धेरै हुँदै गइरहेका छन् । जोखनबाट उनिहरुका छोरा परसुनारायण उनका भाइहरु र छोराहरु हुर्दै अहिले चार पुस्तामा प्रवेस गरेको छ । तर दरवारलाई आ–आफ्नै हिसावले प्रयोग गर्दा संरक्षणमा थपिएको पारिवारिक सदस्यहरु नै बताउँछन । परसुनारायण चौधरीका नाती मनोज चौधरीले दरवार संरक्षणमा चासो दिएपनि यसलाई सङग्रालयको रुपमा विकास गर्न नसकिएको बताउनुभयो । यसको अंशियार धेरै भयौ, सबैको कुरा मिल्दैन सङ्ग्रालय बनाउने सफल भएको छैन,उहाँले भन्नुभयो ।

उक्त दरवार निर्माण गर्दा चौधरी परिवारले मुद्धा खेप्नु परेको छ । ठूलो,पचपन्न झ्यालको र सिंहको आकृति लगायतले निर्माण गर्दा राजपरिवार, राँणाहरुसंग टक्कर गर्न खोजेको भन्दै जोखन प्रसाद माथि मुद्धा समेत चलेको स्थानीय जेष्ठ नागरिकहरु बताउँछन । मुद्धा चलेर दुःख पाउन थालेपछि पचपन्न झ्याल मध्ये केहि झ्याल र आकृति हटाएपछि साम्य भएको थियो।

उक्त दरवारलाई मर्मत सम्भार गर्दै थारु सङग्रालयको रुपमा विकास गर्न सरकारले प्रयास गर्दापनि घरजग्गाको स्वामीत्व धेरै हुंदा समस्या हुने गरेको छ । गढवा गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष तुलसी अधिकारीलाई दरवारको संरक्षण गर्न पहल गरेपनि सबै अंशियार जम्मा नहुने भएपनि आन्तरिक विवादका कारण सफल नभएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट दरवारलाई थारु सङ्ग्रालय निर्माणको लागि बजेट विनियोजन गरेपनि अंशियार धेरै भएका कारण काम हुन सकेन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया