Hi-Speed Computer

Awareness Campaign

‘छायाँछवि तीज गीत अवार्ड’बाट गुल्मेली सर्जकहरु सम्मानित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: ट्रिपल आर क्रियसनद्वारा निर्मित तीज गीत ‘हिउँचुली हेरीहेरी रुन्छु बरिलै’ ले नवौँ छायाँछवि तीज गीत अवार्ड प्राप्त गर्न सफल भएको छ। गुल्मीको मुसिकोटका खिमानन्द खरेलद्वारा निर्मित उक्त गीतले उत्कृष्ट शब्द रचना विधामा अवार्ड हात पार्न सफल भएको हो।

यस गीेतको शब्द संयोजन हेमनाथ खरालले गर्नुभएको हो भने स्वर चर्चित गायिका देवी घर्ती, गुल्मीका उदयमान गायक रमेश विश्वकर्मा, विर बहादुर विश्वकर्मा र ओम सेन्चुरीको रहेको छ। संगीत संयोजन गुल्मीका आरने दाई भनेर चिनिने विर बहादुर विश्वकर्माले गर्नुभएको हो। यस गीतको निर्माणमा चर्चित गुल्मेली गायक तथा संगीतकार रामचन्द्र चन्दको पनि विशेष भुमिका रहेको बताइएको छ।

यस उत्कृष्ट मौलिक सिर्जना रेभान्स शिवा म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यस गीतले छोटो समयमै धेरै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ।

Forest
Forest
Ad.

यस अवसरमा ओझेलका खबर डटकम परिवार निर्माण टिमका सबैलाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।

अवार्ड पाउन सफल उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस्:


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया