Smoking Causes Cancer

विद्युतीय चुल्होको प्रयोगमा जोड दिन गुल्मीमा तीज गीत प्रतियोगिता सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सुनिल क्षेत्री, गुल्मी: बिहिबार शान्तिपुर इलाका सामुदायिक ग्रामिण विद्युतीकरण उपभोक्ता समूह चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा अन्तर वडास्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

उक्त विद्युतीकरणका अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो। भने गाउँपालिका उपाध्यक्ष विष्णु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीको विशेष आतिथ्यता रहेको थियो । गाउँपालिकाभित्र रहेका ८ वटै वडाका वडाअध्यक्षहरु, कार्यापालिका सदस्य, विद्युतीय चुल्हो बजार परिचालक विष्णु ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो।

सिंचाई
Forest
Ad.

पाँच समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम स्थान हासिलक गर्दै उदय माध्यमिक विद्यालयले रु १२ हजार प्राप्त गरेको छ । द्धितिय स्थान प्राप्त गर्न सफल कालिका जागृति आमा समुह हर्राचौरले रु १० हजार हात पारेको छ । तृतिय स्थान हासिल गर्न सफल पिपलारुख आमा समुहले रु ८ हजार तथा सान्त्वना स्थान प्राप्त गर्न सफल भूमिस्थान आमा समुह र भैरवस्थान आमा समुहले नगद रु ५/५ हजार प्राप्त गरेका छन्।

विद्युत र विद्युतीय चुल्हो प्रयोगमा जोड दिने उद्देश्य सहित तीज गीत प्रतियोगिता गरिएको अध्यक्ष धाचानन्द शर्माले बताए। कार्यक्रमको उद्देश्यमाथि पूर्व अध्यक्ष सिद्ध थापाले प्रकाश पारेका थिए। आयोजक संस्थाकी सदस्य गीता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव भानु सुवेदीले गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया