Hi-Speed Computer

Awareness Campaign

खानेपानी आयोजनाहरुको शुद्धता मापन गर्न माग गर्दै होटल व्यवसायी मञ्चले बुझायो ज्ञापन पत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले, गुल्मी: होटल व्यवसायी मञ्च मुसिकोट शाखाले बिहिबार नगरपालिकामा एक औपचारिक कार्यक्रम आयोजना गरी नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ।

बुधबार दरबार होटलमा बसेको बैठकको निर्णय अनुसार होटल ब्यबसायी मञ्चले आज मञ्चका अध्यक्ष फुलप्रसाद सापकोटाको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि नगर भित्र रहेका होटल ब्यबसायिहरुका समस्या समधानको माग गर्दै नगर प्रंमुख समक्ष ज्ञापन पत्र बुझाएको मञ्चका सचिव विवेक काफ्लेले बताए।

मञ्चका अध्यक्ष सापकोटले नगर भित्र रहेका होटल ब्यबसायीहरुका समस्याहरु अशुद्ध खानेपानी, फोहोर महिला व्यवस्थापन, बिना दर्ता होटल सञ्चालन, बजार अनुगमान लगायतका समस्या राखे सङ्गै सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जिबन खरेलले खानेपानी र फोहोरमैला ब्यबस्थान होटल ब्यबसायको मात्र समस्या नभएको यो सवै नगरपालिका बासिको जन सरोकारको बिषय भएकाले नगरपालिकाले यसमा पहिले देखिनै खटि रहेको कुरा ब्यक्त गर्नुभयो।

Forest
Forest
Ad.

यसै गरि प्रशासकिय अधिकृत राकेश पाण्डे फहोर व्यवस्थापनका लागि स्वयम ब्यक्ति आफु नै जिम्मेवर रहने कुरा ऊल्लेख गर्दै नगरपालिकाले यसमा कदम चालिरहेको कुरा बताउनु भयो । त्यतै खानेपानी, खाधबस्तुको गुणस्तरता मापनका लागि पनी नगरपालिका छिट्टै प्रभाबकारि भुमिका खेल्ने र यसमा सम्पुर्ण नगरबासिहरुको सहयोग मिलेमा यो पुरा हुन समय नलागने कुरा बताउनु भयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष हरिहर सापकोटा, होटल व्यवसायी मञ्च मुसिकोट शाखाका विभिन्न पदाधिकारी, नब खबर डटकमका व्यवस्थापक भुवन काफ्ले लागयतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण मञ्चका सचिब बिबेक काफ्लेले गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया