Hi-Speed Computer

Awareness Campaign

गुल्मी सेवा समाज युएईद्वारा सामाजिक क्रियाकलापमा सक्रिय युवाहरुलाई सम्मान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी सेवा समाज यूएईले सामाजिक क्रियाकलापमा सक्रिय युवाहरुलाई सम्मान गरेको छ। वैदेशिक रोजगारका लागि यूएईमा रहेकाहरुको साझा संस्था गुल्मी सेवा समाजले सामाजिक सेवामा सक्रिय गोर्खाली युवा सशक्तिकरण संस्था बुटवलका उपाध्यक्ष भरतजँग क्षेत्रीलाई समान्न गरेको हो।

गुल्मी जिल्ला धुर्कोट गाउँपालिका-६ क्षेत्री हाल बुटवलमा रहेर विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् । गुल्मी सेवा समाज युएईका संरक्षक कृष्ण गौतमले विभिन्न ठाउँमा रहेर आफ्नो जन्म जिल्ला गुल्मीलाई पहिचान प्रदानका लागि योगदान गर्नेहरुलाई संस्थाले सम्मान गर्ने उल्लेख गरे ।

यसैगरी कोही पनि रहरले विदेशमा नजाने र विदेशीनु बाध्यता एको गुनासो गरे । विदेशमा रहेर पनि आफ्नो गास काटेर जन्मथलोका लागि संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको उनले उल्लेख गरे ।

Forest
Forest
Ad.

संस्थाका अध्यक्ष रुद्र थापाले राज्यकोतर्फबाट हुनु पर्ने विभिन्न सेवा तथा सहयोगका कामहरु समेत जनस्तरबाट आफ्नै शक्रियतामा हुनु राम्रो कुरा भएको दाबी गरे।

कार्यक्रममा सम्मानित भरत जङ्ग क्षेत्रीले समाज परिवर्तनका निम्ति र अरुलाइ सहयोग गर्न वैदेशिक रोजगारमा रहेका सबै नेपालीहरुको योगदानको जति गुणगान गाए पनि कम हुने बताए । संस्थाका लक्ष्मण अर्यालको स्वागत तथा सरस्वती पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो। -ग्लोबल आवाजबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया