सूर्य सुनार, गुल्मी: मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले जनताको प्रत्यक्ष जनजीविका संग नगरपालिका जोडिएर काम गरेको बताउनुभएको छ।
बुधबार स्काई अनलाइन सुचना केन्द्र तम्घासले आयोजना गरेको खुल्ला रेकर्ड डान्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नगरपालिकाले जनताको वास्तविक समस्याहरुलाई समधान गर्न काम गरेको बताउनुभएको हो। कार्यक्रममा बोल्दै ५ वर्षको कार्यकालमा नगरपालिकालाई समृद्ध बनाउने गरि काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।
नगरपालिकाले ०७९/८० को नीती तथा कार्यक्रम ल्याउँदा जनताका प्रत्यक्ष समस्याहरुलाई समधान गर्ने कार्यक्रम ल्याएको बताउनुभयो। आफू निर्वाचित भए पश्चात पहिलो पटक बडागाउँ ३ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयमामा औपचारिक कार्यक्रम आएको बताउदै नगरपालिकाले गरेका कामको बारेमा संक्षित जानकारी गराउनुभएको थियो।
नगरपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, खानेपानी, र नगरपालिका भित्र रहेका भौतिक संरचनालाई प्राथमिकता दिइएर काम गरेको उहाँले बताउनुभयो। मुसिकोट नगरपालिकाले बालबालिकाको क्षमता वृद्धि विकास र उनीहरुको प्रतिभा पहिचान गर्न कार्यक्रम ल्याएको दाबी गर्नुभयो।
मुसिकोट नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गर्न र विद्यार्थीहरुको सिकाईलाई व्यवस्थित गर्न विभिन्न कार्यक्रम अगाडी सारिएको नगरप्रमुख खरेलले बताउनुभयो।
साथै पछिल्लो समय स्काई अनलाइन सुचना केन्द्रले गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गरेको कामको प्रंशसा गर्दै यस्तो काममा अन्य सामाजिक संघ संस्था पनि जोडिनु पर्ने खरेलले बताउनुभयो।
पृथ्वी माध्यामिक विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख जीवन खरेल, वडा नम्बर ३ का वडाध्यक्ष शंकर रायमाझी, नेकपा माओवादी केन्द्रका नेता खुम बहादुर थापा, वडा नम्बर २ का वडाध्यक्ष रविन्द्र केसी, वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे लगायतको उपस्थित रहेको स्काई अनलाइन सुचना केन्द्रका प्रबन्धक सुनिल न्यौपानेले जानकारी दिनुभयो। कार्यक्रमको संचालन पृथ्वी माध्यामिक विद्यालयका शिक्षक बोम बहादुर छन्तेलले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |