Hi-Speed Computer

Awareness Campaign

गुल्मीका दुई गाउँपालिका रुरुक्षेत्र र छत्रकोट जोड्ने मितेरी पुलको उद्घाटन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन गरिएको छ। बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन। पुल उद्घाटन गर्दै अध्यक्ष ज्ञवालीले पुलले दुई स्थानीय तहको भूगोललाई जोडेर सुविधा दिनुका साथै हाम्रो मनलाई पनि जोडेर थप आत्मियता बढाए बताए।

पुल निर्माणमा रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाको समान ६ लाख २५ हजार/६ लाख २५ हजार गरि १२ लाख पचास हजार लगानी रहेको छ भने , एक लाख ७५ हजार तीन सय ४९ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गरेका थिए।

गोमा निर्माण सेवा कम्पनीले डेढ महिनामा उक्त पक्की पुलको निर्माण काम सम्पन्न गरेको निर्माण व्यवसायी भेषराज गौतमले बताए।

Forest
Forest
Ad.

५ दशमलव ५ मिटर लम्बाई र ४ मिटर चौडाई रहेको यस पुलले रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ५ बम्घा र छत्रकोट गाउँपालिकाको वडा नम्बर एक हुँगालाई प्रत्यक्ष जोडेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया