Hi-Speed Computer

Awareness Campaign

मुसिकोटका एक युवाले फिर्ता गरे भेटाएको एक लाख रुपैयाँ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले इमान्दारिता र उदारताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाटोमा भेटाएको एक लाख रुपैयाँ र नागरिकताको प्रमाणपत्र सो सामानको मालिकलाई बुझाएका छन्।

मुसिकोट न.पा. वडा नं. ३ का अर्थुंगे साईला भनेर चिनिने खिमलाल कुमालको वामी टक्सार आउने क्रममा हराएको नागरिकता र नगद रु. १,००,०००/- समेत मुसिकोट नगरपालिका-७ निवासी सुशान्त शाक्यले फेला पारी निज खिमलाल कुमाललाई हस्तान्तरण गरेका हुन्।

हराएको पैसा र नागरिकताको प्रमाणपत्र फिर्ता गरेकोमा कुमालले शाक्यलाई धन्यवाद व्यक्त गरे। शाक्यको यस किसिमको उदारता र इमान्दारिताको सबैले प्रशंसा गरेका छन्। यो खबर आइएनएन वामीटक्सारको सहयोगमा तयार पारिएको हो।

Forest
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया