Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा पाँच बन्दकर्ता पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: यहाँ नेपाल बन्दको आयोजाना गर्ने ४ दलीय कम्युनिस्टका ५ जना पार्टीकार्यकर्ता पक्राउ परेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी सुशीलले नेतृत्व गरेको नेकपा माओवादी समाजवादी पार्टीले आयोजना गरेको बन्द सफल पार्न हिडेका नेता कार्यकर्ता पक्राउ परेका हुन्।

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बागलुङका जिल्ला इन्चार्ज छम सेन लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । बागलुङ सदरमुकामका विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले बताउनु भयो।

राष्ट्रियता स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिविका, मुल्य वृद्वि, कालोबजारी, भ्रष्टाचार, कमिसनखोरी लगायत समसामयिक विषयमा वर्तमान सत्ता गठबन्धन सरकारको विरोध गर्दै ४ दलीय कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको जिल्लामा आंशिक प्रभाव परेको छ । बन्द आयोजना गर्ने ४ राजनीतिदलले एमसिसि सम्झौता, एसपिपि परियोजना खारेजीको विरूद्वमा समेत आन्दोलन भएको बिज्ञप्ती मार्फत जनाएको छ।

सिंचाई
Forest
Ad.

बढ्दो महंगी भ्रष्टाचार नागरिकता विधेयक लगायतका समसामयिक विषयमा केन्द्रित भएर नेपाल बन्दको आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी चन्द समुहका बागलुङ म्याग्दी तथा मुस्ताङ इन्चार्ज ध्रुव घिमिरेले बताए।

बन्दका कारण बागलुङबाट छुट्ने काठमाडौँ , पोखरा , नारायणगढ, बुटवल , काँकडभिट्टा , वीरगन्ज लगायतका दर्जनौं शहर जाने बस, मिनिबस, माइक्रो बस भने बिहानैदेखि ठप्प छन्। बागलुङ बजारका पसलहरू, सामुदायिक विद्यालय, निजी विद्यालयमा समेत पढाइ प्रभावित बनेको छ। नेपाल बन्द सफल पार्नको लागि बागलुङ सदरमुकाममा सोमबार मशाल जुलुस समेत प्रदर्शन गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया