Awareness

गुल्मी मुसिकोटकी पुष्पा १ महिना देखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

खबर

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मी मुसिकोटकी एक युवती एक महिनादेखि बेपत्ता भएकी छिन्। मुसिकोट नगरपालिका वडा न २ भर्जुवा स्थायी घर भई हाल मुसिकोट ६ भुवाचिदी बस्ने पुष्पा नेपाली बेपत्ता भएकी हुन्।

श्रावण ६ गतेदेखि बेपत्ता उनी कही कतैबाट सम्पर्कमा नआएको श्रीमान प्रकाश नेपालीले बताए। उनी श्रीमानसंगै भुवाचिदी पसलमा व्यापार गर्दै आएकी थिईन्।

Get Vaccinated

५ वर्षीय छोरीलाई स्कुल छोड्न जान्छु भनेर निस्किएकी उनी त्यसपछि सम्पर्कमा नआएको श्रीमान नेपालीले जानकारी दिए। वामी प्रहरी चौकीमा श्रीमतीको खोजि पाउँ भनी निवेदन दिएको उनले बताए।

प्रहरी आफन्त र छरछिमेकी जही तहीँ खोज्दा पनि फेला पार्न नसकेपछि उनले खोजि गरिदिन सबैसँग आग्रह गरेका छन्।

उनलाई फेला पारेमा नजिकैको प्रहरी चौकी वा श्रीमान प्रकाश नेपालीको सम्पर्क नम्बर ९८६७८६८५०७ मा सम्पर्क गर्न उनले अनुराध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *