Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मदानेकी एक युवती ५ वर्षदेखि सम्पर्कविहीन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गंगा खड्का, गुल्मी: गुल्मीको मदाने गाउँपालिका-२, बाँझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्। तीन बहिनीमध्ये आशा जेठी छोरी हुन्।

काठमाडौं घुम्न जान्छु भनेर गएकी छोरी अझैसम्म नफर्केको आमा सीता झाँक्री मगरले बताइन्।‘बीचमा फोन गरेर मम्मी मैले विवाह गरे भनेर भनेकी थिइँ’, उनले भनिन्, ‘विवाह भएको एक महिनापछि छोरी सम्पर्कमा आइनन्।केटाले भागेर गइ भनेपछि मात्र थाहा भयो।’

इलाका प्रहरी कार्यालय पुर्कोट दह गुल्मीमा छोरीको खोजी गरिदिन् निवेदन दिएको उनले जानकारी गराइन्। काठमाडौं थानकोट बस्ने ३० वर्षीय सुजन गिरीसँग छोरीको बिहे भएको खबर टेलिफोनमा जानकारी पाएको झाँक्रीले बताइन्।

Forest
Forest
Ad.

तर, बिहे भयो भनिएका गिरीले बिहे भएको एक महिनापछि झाँक्री आफूबाट भागेर गएको र अहिलेसम्म पत्ता नलागेको सुनाए।‘बिहे गर्दा पनि मलाई झुक्काएकी थिइन्’, उनले भने, ‘एक तोला जति सुन थियो।त्यो पनि लगेर गइन् ।’ गिरीले अहिले चन्द्रागिरी नगरपालिकाको थानकोटमा कुखुरापालन व्यवसाय गर्दै आएका छन्। अन्नपूर्ण पोष्ट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया