Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा लालपुर्जाको लागि दुई हजार भन्दा धेरै घरपरिवारको सिफारिस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: राष्ट्रिय भुमि आयोग गुल्मीमा लालपुर्जाको लागि जिल्लाका १२ स्थानीय तहका दुई हजार ७३ घरपरिवारको सिफारिस परेको छ।

आयोगले आफ्नो वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै स्थानीय तह बाट डाटा इन्ट्री भएका निवेदनको बारेमा जानकारी गराएको हो।

भुमिहिन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरी दुई हजार ७३ जनाको निवेदन परेको भुमि आयोग गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

कुन स्थानीय तहका कति सिफारिस?

१२ स्थानीय तह मध्ये सबै भन्दा धेरै सिफारिस रेसुङ्ग नगरपालिका बाट लालपुर्जाको लागि सिफारिस भएको पाईएको छ । यस स्थानीय तह बाट भूमिहीन दलित ४८,भूमिहीन सुकुम्बासी ४४ र अव्यवस्थित बसोबास २८३ गरी ३७५ घरपरिवारको डाटा इन्ट्री भएको छ।

त्यस्तै मुसिकोट नगरपालिकाबाट भूमिहिन दलित ४५, भूमिहिन सुकुम्बासी १९ र अव्यवस्थित बसोबास एक सय ७२ गरी कुल दुई सय ३६ घरपरिवारको डाटा इन्ट्री हुँदा कालिगण्डकी गाउँपालिकाका जम्मा २३ घरपरिवारको डाटा इन्ट्री भएको छ। जहाँ भूमिहीन दलित ५,भूमिहीन सुकुम्बासी ११ र अव्यवस्थित बसोबास ७ घरपरिवार रहेका छन।

सत्यवती गाउँपालिकामा भूमिहिन दलित १२,भूमिहीन सुकुम्बासी १४ र अव्यवस्थित बसोबास ३२ गरी ५८ घरपरिवारलाई लाल पुर्जाको लागी सिफारिस गरेको छ ।रुरुक्षेत्र गाउँपालिकामा भूमिहिम दलित १०,भूमिहीन सुकुम्बासी २८ र अव्यवस्थित बसोबास १४७ गरी १८५ घरपरिवार सिफारिस हुँदा चन्द्रकोट गाउँपालिका बाट जम्मा ८५ घरपरिवार सिफारिसमा परेका छन । जहाँ भूमिहिम दलित २५,भूमिहीन सुकुम्बासी १७ र अव्यवस्थित बसोबासका १९ घरपरिवार रहेका छन् ।

Awareness by SKF

छत्रकोट गाउँपालिकामा भूमिहीन दलित ८,भूमिहीन सुकुम्बासी १३ र अव्यवस्थित बसोबास १२८ गरी एक सय ४९ घरपरिवार सिफारिसमा परेका छन।

मदाने गाउँपालिका बाट २० भूमिहिन दलित,१३ भूमिहिन सुकुम्बासी र ५४ अव्यवस्थित बसोबास सहित ८७ घरपरिवारको सिफारिस परेको छ।

त्यस्तै गुल्मी दरबार गाउँपालिकामा भूमिहीन दलित १०,भूमिहीन सुकुम्बासी १९ र अव्यवस्थित बसोबास १७ सहित ४६ घरपरिवार सिफारिसमा परेका छन्।

धुर्कोट गाउँपालिका बाट भूमिहिम दलित ४५,भूमिहिन सुकुम्बासी ४ र अव्यवस्थित बसोबास २३७ गरी २८६ घरपरिवार लालपुर्जाको लागी सिफारिसमा परेका छन। इस्मा गाउँपालिकामा भूमिहीन दलित १५,भूमिहीन सुकुम्बासी २५ र अव्यवस्थित बसोबास १९१ गरी २३१ घरपरिवार सिफारिसमा परेका छन्।

त्यस्तै मालिका गाउँपालिका बाट भूमिहिन दलित ३३, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास २७९ गरी ३३६ घरपरिवार सिफारिसमामा परेका छन। सिफारिमा परेका दुई हजार ७३ घरपरिवारलाई राष्ट्रिय भुमी आयोग गुल्मीले थप छानबिन गरि लालपुर्जा वितरणको कार्य अगाडि बढाउने भूमी आयोग गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया