Hi-Speed Computer

Awareness Campaign

‘नगरपालिका’ भित्रै डोलीमा सुत्केरी बोक्नु पर्ने अवस्था



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अर्घाखाँची: बुधबार दिउँसो दुई जना पुरुषले ‘हस्याङफस्याङ’ गर्दै डोलीमा सुत्केरीलाई बोकेको दृश्य सञ्चारकर्मीले देखे।

तीन दिनकी सुत्केरीलाई डोलीमा बोकेर ती पुरुषहरुले घरमा लैजादै थिए। यो अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। १३ मा देखिएको कष्टपूर्ण दुःख हो।

तराईको कपिलवस्तुसंग नजिकै रहेको शितगंगा-१३, माझिफाँटका स्थानीयले यस्तै दुःखका साथ जीवन बिताइरहेका छन् । यस्तो दुःख गर्ने बानि परेका यहाँका बासिन्दालाई बुधबारको काम कुनै नौलो थिएन।

Forest
Forest
Ad.

तराईसंग सीमा जोडिएको स्थानमै नागरिकले पाएको यस्तो दुःखले देशको विकासलाई भने गिज्याइरहेको थियो । पटक पटक ताकेता गर्दा पनि माझिफाँटमा पुल बन्न सकेको छैन् । पुल नबन्दा यहाँका बासिन्दालाई मुसिबाङ खोला तगारो बनिरहेको छ । बर्खा लागे पछि यहाँका स्थानीयलाई मुसिबाङ खोला पीडा थप्ने माध्यम बनेको हो।

माझिफाँट प्राकृतिक हिसाबले सुन्दर छ । प्रयाप्त खेतियोग्य जमीन रहेको यो बस्ति छाड्नेहरुको दर बढीरहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकासंग नजिकै रहेको यो वस्तिको विकासमा सरोकारवालाको चासो भएको भए माझिफाँटको हविगत यो हुने थिएन।

बसाईसराईको तीव्र चपेटामा रहेको सिंगो शितगंगा नगरपालिका बस्तिविहिन हुने खतरा देखिदै छ । यसको प्रमुख कारण विकास निर्माण नहुनु नै हो ।

आर्थिक रुपले केहीँ मजबुत भए पछि माझिफाँट छाड्ने बढी हाल्छन्। आर्थिक रुपमा कमजोर हुनेहरु मात्र बस्ने गाउँ बनेको छ माझिफाँट।

Awareness by SKF

हाल एक सयको हारहारीमा यहाँ घरपरिवार छन् । खोला तरेर हिड्नुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई पनि छ।

नजिकै आधारभूत विद्यालय भएपनि माध्यमिक तहको विद्यालय यहाँ छैन्। माध्यमिक तहको पढाईका लागि यहाँका विद्यार्थी कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं। ९ भलवाड जिनुवामा रहेको विद्यालयमा पढ्न आउने गरेका छन्। दैनिक ६ किलोमिटर जंगलको बाटो भएर पढ्नुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई रहेको स्थानीय गणेश वि।सी बताउँछन्।

शितगंगा १३ का वडाध्यक्ष दुर्गा विसीले पुलका लागि वडाको बजेटले नभेट्ने बताउँछन्। नगर र प्रदेश सरकारमा पटक पटक पुल बनाउन पहल गरे पनि कुनै काम नभएको उनले बताए। पुलका लागि डिपिआर सम्पन्न भइसके पनि काम अगाडी बढ्न नसकेको उनको भनाई छ। यो समाचार हामीले कामना डेलीबाट लिएका हौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया