Salime Malika Krishi Farm

Awareness Campaign

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी। श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ।

आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । तिथिको हिसाबले १२ बजेको समयमा द्वापरयुगमा भगवान श्रीकृष्णको जन्म भएको थियो । त्यही अवसर पारेर आज श्रीकृष्णको जन्म जयन्ती विशेष पर्व मनाउने गरिन्छ । कृष्णलीला कथा प्रवचन हुने गरेको छ।

आजको कृष्ण चरित्र, सुन्ने, हेर्ने र श्रीकृष्ण लीलाहरूको अध्ययन गर्दा सकारात्मक सोच प्राप्त हुनेछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रूपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ।

सिंचाई
Forest
Ad.

कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजैको दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरूप आजको दिन यो पर्व मनाउने गरिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया