Clean Water Campaign

Awareness Campaign

रुरुक्षेत्रको ‘ड्रिम प्राेजेक्ट’ फलाँटे-भट्कुवा झाेलुङ्गे पुलकाे डिपिआर सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्रकै गौरवकाे रुपमा रहने भट्कुवाकाे सालिपाेखरी र थाेर्गाकाे फलाटे जोड्ने पुलकाे डिपिआर काे काम सुरु भएकाे छ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीकाे ड्रिम प्राेजेक्टकाे रुपमा रहेकाे याे पुल निर्माण भए भट्कुवालाई तानसेन रिडी माेटरबाटाेकाे पहुँचसंग जाेड्न सहज हुनेछ भने रुरुक्षेत्रकाे पर्यटन प्रबर्द्धनमा समेत नयाँ आयाम थपिने छ ।

संघिय सरकार तथा झोलुङे पुल बिभागले यस बर्ष डिपिआर तयार गरि योजना अघि बढाउनका लागि इन्जिनियर गोपाल बहादुर थापाको नेतृत्वमा सर्भेको सुरुवात गरिएकाे छ ।

सिंचाई
Forest
Ad.

नेपालकै अग्लाे मध्येकाे याे पुल निर्माण भएसँगै एकातिर पर्यटन प्रबर्द्धनमा नयाँ आयाम थपिनेछ भने अर्कोतिर भट्कुवालाई हाेमस्टेकाे रुपमा विकास गर्न सहज हुनछ ।

पुल निर्माणलाई सहज बनाउन अधिग्रहण गरिने जग्गाको मुआब्जाका लागि रुरुक्षेत्र गाउँपालिका वडा नं. १ ले याे वर्ष बजेट बिनियाेजन गरिसकेकाे छ।

तानसेन-रिडी-तम्घास माेटरबाटाेकाे फलाँटे क्षेत्रबाट पुल निर्माण कार्य हुने भएपछि आन्तरिक र बाह्य पर्यटकहरुका लागि पनि यहाँकाे पहुँच सहज हुने भएकाे छ।

रुरुक्षेत्र गाउँ पालिका अध्यक्ष यदु ज्ञवालीकाे पहल र परिकल्पनामा यस अघि याे झाेलुँगे पुलकाे प्रारम्भिक सर्वेक्षण गरिएकाे थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया