Clean Water Campaign

Awareness Campaign

लायन्स क्लब अफ बुटवल खस्यौलीद्वारा अपाङ्ग आश्रममा खाद्यान्न वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: लायन्स कलब अफ बुटवल खस्यौलीले बुटवल देविनगरस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरेको छ। लायन्स कलब अफ बुटवल खस्यौलिका अध्यक्ष कमल देवकोटाका छोरा, निवर्तमान अध्यक्ष विष्णु प्रसाद उपाध्यकी छोरी र पुर्वअध्यक्ष बिकास अग्रवालकी छोरी सम्ष्ट तिनै जनाको एकैदिन परेको जन्मदिनको अवसरमा उक्त खाद्यान्न बितरण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स जिल्ला परिषद ३२५ पि का जिल्ला गभर्नर नवराज न्यौपानेले महिनामा एक पटक भएपनी कलबले खाद्यान्न बितरण जस्तो पुण्यको कार्य गर्नु पर्ने बताए।

अपांग आश्रमका अध्यक्ष एवम पदाधिकारीले आगामी दिनमा पनि एस्तै सहयोगको अपेक्षा गर्दै धन्यवाद व्यक्त गरेका थिए।

सिंचाई
Forest
Ad.

कार्यक्रम लायन्स कलब अफ बुटवल खस्यौलिका अध्यक्ष कमल देवकोटा को अध्यक्षता, लायन्स जिल्ला परिषद ३२५ पि का जिल्ला गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता र क्लबका सचिव अनिल पौडेलको संचालनमा सम्पन्न भएको थियो। सेतोमसी डटकमले यो खबर लेखेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया