Awareness

गुल्मीमा जेठाजुद्वारा बुहारीलाई कुटपिट

खबर

Place for ads

प्रेम सुनार, गुल्मी: बिहीबार बिहान कुलोको विवादलाई लिएर बसेको छलफलमा गुल्मीको अर्जै गाउँका दुई जना व्यक्तिले वडाध्यक्षकै सामु भाई बुहारीलाई कुटपिट गरेका छन्। जिल्लाको मालिका गाउँपालिका-६, अर्जैका रामप्रसाद अर्याल र नेत्रप्रसाद अर्यालले भाई बुहारी युवाकला अर्याललाई कुटपिट गरेका हुन्।

बारीलाई खेत बनाएका बुहारी युवाकला र उनका छोरा लिलाराम अर्यालाई कुलाको सिञ्चाई गर्नबाट बञ्चित गरे पछि लिलारामले पाँच दिन अघि वडा नम्वर ६ को वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आज दुबै पक्षलाई बोलाएर छलफल गर्ने क्रममा एक्कासी हातपात सुरु भएको र त्यस क्रममा महिला युवाकला अर्याल भुँईमा लडेको आफुले देखेको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । उनले हातपात मै उत्रिएपछि त्यस्तो बेलामा छलफल नै गर्न नसकिने अवस्था आएको बताए ।

Get Vaccinated

युवाकलाका श्रीमान तारापति अर्याल बैदेशिक रोजगारका लागि दुबइमा रहेका छन् । घरमा एक्लो परिवारलाई पटक पटक हेप्दै र कुटपिटको प्रयास गर्दै आईरहेको बेला आज निर्घात कुटाई खाएर आफू केहिबेर बेहोस् भई ढलेको युवाकलाले बताइन् ।

कुटाइबाट युवाकलाको दायाँ चण्डी सुनिएको छ । गुल्मी अस्पतालमा घा–चेक गराउन आएकी उनलाई टाउकोमा असर परेको हुन सक्ने भन्दै डाक्टरले सिटी स्क्यानका लागि पाल्पा वा बुटवल जान सुझाव दिएको युवाकलाले बताईन । युवाकला र उनका छोराले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कुटपिट बिरुद्धको उजुरी दिएको र भोली दुबै पक्षलाई बोलाइएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहलले बताए ।

कुटपिटमा संलग्न भनिएका रामप्रसाद संग आज विहान पनि पटकपटक फोनमा प्रतिकृया माग्न खोज्दा प्रतिकृया दिन मानेन । अहिले फोनमा प्रतिकृया लिन खोज्दा पनि उनले आफु अन्यायमा परेको भन्दै प्रतिकृया दिन मानेन । श्रोतका अनुसार अर्जै गाउँमा झै–झगडा र कुटपिट घटनामा यस अघि पनि रामप्रसाद संलग्न थिए । गाउँमा उनिसंग धेरै जसो मानिस बोल्न रुचाउँदैनन्।

बिहान भएको कुटपिट घटनामा रामप्रसाद लगायतका आक्रमक पुरुषहरुले पत्रकार बोलाए रक्तपात समेत हुने धम्की दिएका थिए । रामप्रसादले युवाकला आफ्नो खेतमा सिंचाई गरेको भन्दै ठूला–ठूला ढुङ्गा फालेर हुर्किदै गरेको धान खेती नष्ट गरि दिएपछि उनिहरु वडा कार्यालयमा न्याय माग्न गएका थिए।

Awareness by SKF

प्रदेस सरकारद्वारा एकै परिवारलाई पाँच लाखको योजना

युवाकलाले ससुराको पाला देखिको पुरानो कुलोबाट सिचाई गरेकी थिईन भने उनिहरु जम्मा चार भाईले गत बर्ष प्रदेश सरकारबाट पाँच लाख रकम पारेर अर्को मुहानमा ट्याङकी बाँधेर सिधै पाईपबाट सिंचाई गरे पछि जिज्युबाज्येको पाला देखिको कुलो विस्थापित गराउन खोजिरहेका छन्।

पूर्व वडाध्यक्ष शोभाखर गिरिका अन्ुसार प्रदेश सरकारबाट युवाकला सहितका पाँच घरधुरीका लागि गत बर्ष ५ लाख बजेटको पत्थरे सिंचाई योजना परेर काम सम्पन्न भएको थियो।

तर कुटपिटमा संलग्न रामप्रासद सहित एकै परिवारका चार भाईले मात्रै उक्त सिंचाई योजना प्रयोग गरेर युवकलाको परिवारलाई वञ्चित मात्रै गरेनन, उनले पुरानो कुलोबाट सिंचाई गर्दा समेत अवरोध गरे पछि आफू वडा कार्यालयमा न्याय माग्न गएको युवाकला बताउँछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *