Awareness

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभावमा गाउँ फर्किदै

खबर सहयोगको अपिल

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का। जसको कल्कलाउँदो जोवन अस्पतालको बेडमा पल्टिएको छ। त्यतिकै पनि पट्यार लाग्ने अस्पतालको बसाई। तर, मोहन अस्पताल बसेको चार महिना भयो। उनीसंग त्यो बाहेक अर्को बिकल्प पनि छैन फेरि । मोहन झट्ट देख्दा स्वस्थ्य जस्तो देखिन्छन् । तर, टाउको बाहेकको शरिर चल्दैन । उनलाई घाँटीभन्दा तल केहि पनि महसुस हुँदैन।

दैनिक अस्पतालको बेडमा ज्यान थला परेको छ । उनी नेपालगञ्जमा ०७८ चैत २६ गते मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा खड्काको भोँक्राको हड्डी भाँचिएको छ । जसका कारण टाउको बाहेकको शरिर चल्दैन् । उनी सामान्य परिवारका हुन्। दुर्घटनामा परेर गम्भिर घाइते भए । बिपन्न परिवारलाई त्यो भन्दा ठुलो पीडा के होला।

Get Vaccinated

अहिलेसम्म १२/१३ लाख खर्च भएको छ । अहिलेसम्म सबै खर्च आफुले गरेपनि अब कुनै विकल्प नभएको मोहनको उपचारमा सहजीकरण गरिरहेका फुपूको छोरा राजु घर्तीले जानकारी दिए। मोहनको अहिले सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार गराई रहेका छन्। चार महिनामा नेपालगञ्ज मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर स्पाइनल इन्जुरी रिह्याविलिटेशन साँगा, नेपाल मेडिकल कलेज फेरिसके । तर, ज्यानमा सन्चोचन्दा समस्या थपिदै गए । लामो समय उपचार गर्ने परिवारसंग आर्थिक स्थिती छैन्। बुबाआमा गाउँमा मजदुरी गर्छन । मोहनले सहकारीमा काम गर्थेे । कामकै शिलसिलामा दुर्घटनामा परे।

घर र पाखोबारी बेचेपनि मोहनको उपचार खर्च थेग्न नसक्ने अवस्था भएकाले सहयोग गर्न बुबा बसन्त खड्काले आग्रह गरे । बिस्तारामै पल्टिरहेका कारण मोहनको कम्मरदेखि तलको भागमा घाउ भएका छन । अहिले घाउको उपचार गर्ने र पछि थेरापी गरेर सामान्य जीवनमा फर्काउन सकिने अस्पतालले बताएको छ । मोहनले बिस्ताराबाटै उपचारमा सहयोगको याचना गरे । उनले आफुलाई अस्पतालको बेड बाहिरको जीवन देख्ने ठूलो रहर भएको बताए। “अझैसम्म आशा मरेको छैन। पैसाको अभावमा उपचार बन्द नहोस् भन्ने कामना छ, उनले भने, सहयोग र उपचार पाए सन्चो भएर घर फर्कन्छु।”

सहयोगको लागि सम्पर्क: राजु घर्ती

मोबाइल: ९८५१२३१९७२

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *