Awareness Campaign

गुल्मीको रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निःशुल्क गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: रेसुङ्गा नगरपालिकाले आँखाको शल्यक्रिया निःशुल्क गर्ने भएको छ।

नयाँ जनप्रतिनिधि आएसंगै गरेको पहिलो निर्णय आखाको निशुल्क शल्यक्रिया हुने थियो। सोहि अनुसार बिहीवार रेसुङ्गा नगरपालिका गुल्मी र नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मी बिच सम्झौता भएको नगरप्रमुख पन्थीले बताए। उनले आँखा जस्तो संवेदनशील अंगको उपचारलाई निःशुल्क बनाउँदा नगरका जनता धेरै लाभान्वित हुने बताएका छन्।

नगरपालिकाको उक्त निर्णय पछि स्थानीयबासीहरु दृष्टिको समस्याका लागि अन्य जिल्ला जानु पर्ने समस्या समाधान हुने बताएका छन्।

Forest
Forest
Ad.

नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफ्नो योजना अनुसार काम गरि नगरपालिकाको मुहार फेर्ने बताएका छन्। अनलाइन सरोकारले यो खबर लेखेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया