Salime Malika Krishi Farm

Awareness Campaign

भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ।

सरकारको निर्णय विपरीत ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ।

सिंचाई
Forest
Ad.

यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया