Awareness Campaign

बागलुङमा आज देखि सार्वजनिक सवारी साधन बन्द



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङका यातायात व्यवसायीहरुले आज अर्थात साउन २२ गते देखि सार्वजनिक सवारी साधन नचलाउने भएका छन्।

गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा आज देखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएको धौलागिरी कालिका यातायात प्रा.लि. बागलुङका अध्यक्ष विष्णु अधिकारीले बताए।

त्यो आन्दोलनमा धौलागिरी कालिका यातायात प्रा.लि, धौलागिरी गण्डकी यातायात प्रा.लि बागलुङ, धौलागिरी अञ्चल यातायात सेवा प्रा.लि बागलुङ र बागलुङ भगवति यातायात प्रा.लि बागलुङको एक्यबद्धता रहेकोे छ । पत्रकार सम्मेलन गरि आईतबारदेखि लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी साधन नचल्ने अध्यक्ष अधिकारीले बताए।

Forest
Forest
Ad.

यातायात व्यवसायीहरुले आन्दोलनको भावना विपरित गण्डकी प्रदेश सरकारबाट माग सम्बोधन नभएको खण्डमा अनिश्चितकालिन प्रदेश बन्द गर्न बाध्य हुने समेत बताएका छन्।

‘यातायात व्यवसायीलाई गण्डकी प्रदेश सरकारबाट अचाक्ली कर बढाईएको छ, यसको प्रतक्ष मार जनतामा परेको छ ।’ अध्यक्ष अधिकारीले भने–‘वैज्ञानिक कर प्रणाली लागु नहुँदासम्म हामीहरुको आन्दोलन जारी रहन्छ।’

धौलागिरी कालिका यातायात प्रा.लिका महासचिव दिनेश बोहोराले गण्डकी प्रदेश सरकारबाट निजी तथा सार्वजनिक सवारी साधनमा गरिएको अन्यायपूर्ण सवारी कर बृद्धि प्रति गम्भीर ध्यानाकर्षण भएको बताए।

उनले भने, ‘व्यवसायलाई राहत दिनु पर्ने अवस्थामा उल्टै कर, जरिवाना लगायत आकाशिदो मुल्यवृद्धिबाट आम नागरिक पीडित भईरहेका छन् । गण्डकी प्रदेश सरकार आम नागरिकको अभिभावकत्व ग्रहण गर्नु पर्ने ठाउँमा गैर जिम्मेवार भई आम नागरिकको हित विपरितका राजश्व असुल गर्ने नीति र नियतिले सरकारको आम नागरिक प्रतिको दायित्वमा प्रश्न चिन्ह खडा गरेको छ।’

Awareness by SKF

‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षालाई अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा भाडा, पर्यटन सवारी साधन पनि घर ग्यारेजमा राखि अव्यवहारिक करको विरुद्धमा हामीलाई सहयोग गर्न अनुरोध गर्दछौँ’ व्यवसायीको अपिल छ।

व्यवसायीहरुले वैज्ञानिक कर नीति र भाडादर कायम गर्न समेत सरकारसँग माग गरेका छन्। उनीहरुले राज्यद्वारा विभेदपूर्ण गरिएको सार्वजनिक यातायातमा २० बर्षे नीति निर्णय समेत खारेज गर्न माग गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया