Awareness

तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै, बजेटमा जस लिनेको होडबाजी, कार्यान्वयनमा बेवास्ता

खबर विकासका खबर

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारको सडक भत्किएकोले डेढ बर्षअघि मर्मत गरियो। लाखौँ खर्च गरेर गरिएको ममर्त पनि अहिले भत्किएर उस्तै छ। जिल्ला अस्पताल, विभिन्न विद्यालय एवम् बजारका मुख्य ठाउँमा समेत मर्मत गरेको डेढ बर्ष नहुँदै सडक भत्कियो । भत्किएको सडकको दीगो व्यवस्थापनको लागि गत आर्थिक बर्षमा पाँच करोड बजेट बिनियोजन पनि भयो । तर समयमै काम नहुँदा तम्घासको सडक स्तरोन्नती गर्ने काम अधुरै भएको छ । समयमै काम भएको भए असार मसान्तसम्म तम्घासको सडक चिटिक्क देखिन्थ्यो । तर काम सकिने बेला निर्माण व्यवसायीले बल्ल काम सुरु गरेका छन् ।

गत आर्थिक बर्ष २०७८/७९ मा शहरी विकास मन्त्रालयअन्तगत संघीय आयोजना कार्यान्वयन इकाईमार्फत काम हुनेगरी बजेट बिनियोजन भएको थियो । तम्घास बजारका खाल्डाखुल्डी पुर्ने र सडकको स्तरोन्नती गर्ने भनी अघिल्लो सरकारले ५० लाख बिनियोजन गरेको थियो । सरकार परिवर्तनसँगै पछिल्लो सरकारले पाँच लाख कटौती गरी ४५ लाख मात्र बिनियोजन ग¥यो । पछि रामकुमारी झाँक्री शहरी विकास मन्त्री हुँदा उक्त बजेटलाई पाँच करोड पुर्याइएको थियो ।

Get Vaccinated

गत वैशाखमा ठेक्का प्रक्रियामार्फत काठमाडौको आर.ए. विल्डर्सले भ्याट बाहेक तीन करोड ९१ लाख ५१ हजार ७४ रुपैँया २५ पैसामा सम्झौता ग¥यो । उक्त रकमबाट भगवती मन्दिरदेखि बेरियलसम्मको सडकको खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने, कोष तथा लेखा नियन्त्रकको कार्यालय जाने बाटो र सोही कार्यालय हुँदै रेसुङ्गा मावि जाने २५० मिटर सडक नालीसहित कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी सडकमा ट्राफिक चिन्ह राख्ने, ट्राफिक नियमसहितका रङ्ग लगाउने लगायतका कार्य गर्ने सम्झौतामा उल्लेख छ।

दललाई चासो छैन

वैशाखमा बजेट बिनियोजन हुँदा तत्कालिन शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पूर्व मन्त्री प्रदीप ज्ञवाली र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालको सामाजिक सञ्जालमा धेरै नै प्रचार भयो। बजेट परेको जस लिनका लागि एकीकृत समाजवादी र एमालेका कार्यहरुबीच होटबाजी नै चल्यो । तर बिनियोजित बजेटको कार्यान्वयन नहुँदा भने दुवै दलका कार्यक्रताहरु मौन देखिएका छन् । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेशकुमार भण्डारीले आफुहरुले पटक–पटक कार्यालयलाई अनुरोध गर्दा समेत काम नभएको गुनासो पोखे।

‘धेरै पटक कार्यालयलाई भन्यौ, तर सम्बन्धित निकायले सुन्दै सुनेन ।’ उनले भने, ‘ठेकेदारले समयमै काम नगर्दा समस्या भएको छ ।’ नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रदीप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बजेट कार्यान्वयन नभएको बिषयमा आफुलाई थाहै नभएको प्रतिक्रिया दिए । ‘थुप्रै क्षेत्रमा बजेट बिनियोजन गरेका थियौँ, सबै बजेटको पछाडी लागेर सम्भव पनि भएन ।’ नेपालीले भने, ‘विनियोजित बजेट सम्बन्धित निकायले कार्यान्वयनमा लैजानुपर्छ।’

Awareness by SKF

निर्माण कम्पनीका प्रतिनिधि मालिका गाउँपालिकाका उपाध्यक्षसमेत रहेका उपेन्द्र अर्यालले म्याद थप गरी काम गरिरहेको गरिएको बताए। संघीय आयोजना कार्यान्वय इकाई, गुल्मीका सब–इन्जिनियर नारायण बुढाले काम गर्ने समय थोरै भएकोले बजेट कार्यान्वयन हुन नसकेको बताए । सडक पक्की गर्ने अस्फाल्ट प्लान्टमार्फत काम हुने भएपनि उक्त मेसिन ल्याउन समस्या भएको र त्यसैबेला पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको कारण पनि काम गर्न नसकिएको बुढाको भनाई छ । कार्यालयका प्रमुख रमेश थिङले समयमै काम नभएपछि बजेटको स्वामित्व नै परिवर्तन भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *