Hi-Speed Computer

Awareness Campaign

इस्मामा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालनी गरेको छ। टोल-टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्ध तथा जेष्ठ नागरिकहरुको लागि सहज भएको छ।

कतिपय स्थानीय तहले बैंक मार्फत सम्बन्धीत स्थानमा मात्रै वितरण गर्दा कयौं बृद्ध तथा जेष्ठ नागरिकहरुले हैरानी खेप्नु गरेको छ । तर इस्मामा भने थानीय तह निर्वाचनमा घरछेउमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएका इस्मा गाउँपालिकाका जनप्रतिनिधीले आफुले बोलेका बाचा पुरा गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्न थालेपछि बृद्ध तथा जेष्ठ नागरिकलाई समस्या हुँदै आएको छ । एक दुइ दिनलगाएर बैंकसम्म पुगेर लाइन बसेर सामाजिक सुरक्षा भत्ता बुझदा खर्च सँगै समय र सास्ती पनि खेप्नु पर्ने अवस्था थियो ।

Forest
Forest
Ad.

तर इस्मा गाउँपालिकाले सेवाग्रहीको सहजताको लागि टोलटोलमै पुगेर सामाजिक सुरक्षा वितरण कार्य थालनी गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । पालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लाएपछी स्थानीय हर्षित छन ।

दश वर्ष अघिदेखि सामाजिक सुरक्षा भत्ता बुझदै आएका इस्मा गाउँपालिका वडानम्बर– ५ का ८२ वर्षीय मनिराम भण्डारीले टोलमै बुझना पाउदा धेरै राहत मिलेको बताए । उनले पहिले भत्ता लिनको लागि बैंकमा जानु पर्थ्यो तर अहिले बैंकमा जानुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी ब्यक्त गरे।

उनले ज्येष्ठ नागरिकहरुका लागि वितरण गरिने सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगी उपलब्ध गराउने सुरुवात गरेकोमा जनप्रनिधिीलाई धन्यवाद दिए । पहिलोपटक बृद्धभत्ता बुझन टोलम पुगेकी नमकला बोहोराले घरदैलोमा आएर पाउदा निकै खुसी लागेको बताइन् ।

Awareness by SKF

उनले बृद्ध भत्ता बुझेपनि नुन, तेल, चिनी चिया किन्ने बताइन । पहिले इस्मा मैदान जाँदा एक हजारसम्म खर्च गर्नुपर्ने बाध्यता भएको उनले बताइन ।

गाउँपालिकाले पालिका भित्र पर्ने ६ वटै वडाको टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । गाउँपालिकाको स्थानीयलाई पायक पर्ने विभिन्न १८ स्थानबाट १ हजार २ सय वढिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले बताएइन्।

जस अनुसार वडानम्बर–१ को हर्पुकोटमा १९० जना, वडानम्बर–२ को छल्दीबाट २७२जना, वडानम्बर–३ को दर्लामचौरबाट १८१ जना, वडानम्बर–४ को दोहोलीबाट २३४ जना, वडानम्बर–५ इस्मा रजस्थलबाट ६२ जना र वडानम्बर–६ अम्मरपुरबाट २९४ जना गरि १ हजार २३२ जनाले लाभ लिएको उपाध्यक्ष कुँवरले बताइन् । नागरिकको घरदैलोमा स्थानीय सरकार नीति अनुरुप सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण कार्य थालनी गरिएको कुँवरले बताइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया