Awareness

गुल्मीको मुसिकोटका अपाङ्गता भएका ३५ वर्षिय काफ्लेलाई गाडीमै नागरिकता

अपाङ्गता सरोकार खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका ७ का ३५ वर्षिय राजन काफ्लेलाई गाडीमै नागरिकता प्रदान गरिएको छ। उनलाई प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले गाडीमै पुगेर नागरिकता प्रदान गरेका हुन् । काफ्ले जन्मजात पूर्ण अपाङ्ग छन्।

उनले अरुको सहारा बिना केहि गर्न सक्ने उपाय छैनन् । शारीरिक तथा मानसिक समस्याको कारण लामो समयसम्म नागरिकताबाट बञ्चित भए। भारतमै जन्मिए त्योसंगै पूर्ण अपाङ्ग पनि भए। जसका कारण समयमै नागरिकता बनाउन नसकिएको बुबा पिताम्बर काफ्लेले बताए । ‘कहिलेकाँही नेपाल आउँदा एक जनाले भारतमा छोरा कुर्नुपर्ने स्थिती थियो।

Get Vaccinated

पूर्ण अपाङ भएका कहिँकतै लैजान सहज छैन,’उनले भने,‘अहिले जागिर सकिएर नेपाल फर्किएकाले नागरिकता बनाउन आएका हौ ।’ काफ्ले आफु ४३ बर्षदेखि भारतमा काम गर्दै आएका थिए । सिडिओले नझरिकनै गाडीमा पुगेर एक्कैछिनमा नागरिकता दिएपछि काफ्ले परिवार निकै खुसी भए । राजन नागरिकता नभएका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भए।

अपाङ परिचय पत्र पनि छैन् । अब नागरिकतापछि अरु काजगपत्र बनाउने योजना बनाएको बुबा पिताम्बर काफ्लेले बताए । जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहादानी र अन्य सिफारिस लिनेहरुको दैनिक सयौ संख्यामा भिड छ । तर, प्रमुख जिल्ला अधिकारी पौडेल आफै फाँटहरुमा झरेर प्रक्रियामा सहजीकरण गर्दै गाडीमै आएर नागरिकता प्रदान गरेको बिषयले निकै खुसी लागेको मालिका गाउँपालिका २ का दिपेश केसीले बताए।

उनी पनि छोराका राहादानीको लागि बिहिबार बिहानैबाट प्रशासन आएका छन् । ‘म बिहानदेखि मेरो कामको प्रतिक्षामा छु । तर, अपाङले प्राथमिकता पाउँदा निकै खुप् िलाग्यो,‘उनले भने,‘अझै सिडिओकै सहजीकरण गज्जब लाग्यो ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले अपाङ नागरिक प्रशासनबाट मात्रै नभएर हरेक तहबाट प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

उनले विगतमा पनि शारिरीक अवस्थाका बारण नागरिकता बिहिन भएकाहरुलाई बिस्तारामै पुगेर नागरिकता प्रदान गरेको स्मरण गर्दै उनीहरुलाई राज्यको सेवा र सुविधाको पहुँचमा ल्याउनुनै सवैभन्दा ठुलो सेवा र धमै भएको प्रतिक्रिया दिए।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *