Hi-Speed Computer

Awareness Campaign

मुसिकोट-१ वडा कार्यालयले वितरण गर्यो फोहोर फाल्ने भाँडा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: वडा र समाज सफा राख्न गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले फोहोर फाल्ने भाँडा अथवा डस्टबिन वितरण गरेको छ।

सरसफाई कार्यक्रम अन्तर्गत वडा अन्तर्गत रहेका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकी, वडा कार्यालय लगायत विभिन्न सार्वजनिक स्थानमा राख्ने गरी २० वटा डस्बिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबिच नगर उपप्रमुख गगां श्रेष्ठ र वडाध्यक्ष मोहन घिमिरेले उक्त डस्बिन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वडाध्यक्ष घिमिरेले वडालाई स्वच्छ र सफा राख्न सरसफाइ अति नै आवश्यक भएकाले वितरित डस्बिनको सही सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले विद्यालयले प्रमुख पाठशाला रहेकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना फैलाउन र सरसफाईमा अझै धेरै सक्रिय हुन उहाँले अनुरोध समेत गर्नुभयो।

Forest
Forest
Ad.

 

कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय, प्रहरीचौकी, स्वास्थ्य संस्था, त्रिशक्ति युवा क्लब लगायतको उपस्थिति रहेको थियो ।

मुसिकोट नगरपालिका वडा नं १ को आर्थिक वर्ष २०७७/०७८ को वडा स्तरीय योजना अन्तर्गत विनियोजित ५० हजार रकमबाट वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाइ कायम गरी उदाहरणीय टोल निर्माणका लागि डस्बिन वितरण गरिएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया