Awareness

गुल्मीको इस्मा गाउँपालिकाले टोलटोलमा पुगेर वितरण गर्यो सामाजिक सुरक्षा भत्ता

खबर

Place for ads

विष्णुप्रसाद आचार्य (चकित), गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ।

बैंक तथा वित्तिय संस्थाबाट भत्ता वितरण गर्दा विश्वसनीयता बढि हुने भएपनि सर्वसाधारणलाइ झन्झटिलो भएको, बैंकमा लाइन बस्नुपर्दा दुख भएको, अशक्त, असहाय तथा वृद्दवृद्दाहरुलाइ उक्त ठाउँसम्म आवतजावत गर्न दुख भएको, टाढाका लाभग्राहीहरुको बढि रकम खर्च भएर बचत नहुने जस्ता समस्या आएकोले पालिकाले टोलटोलमै पुगेर सुरक्षा भत्ता वितरण गरेको पालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो।

Get Vaccinated

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अन्तरगतको सुरक्षाभत्ता गाउँपालिकाका प्रत्येक वडामा ३ ठाउँबाट गरि पालिकाभरि १८ ठाउँबाट वितरण गरिएको र यसरी स्थानियको पायक पर्नेगरि टोलटोलबाट सुरक्षा भत्ता इश्मा गाउँपालिकाले पहिलोपटक वितरण गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिनुभयो।

आ-आफ्नो टोलबाट यसरी भत्ता पाउँदा लाभग्राही खुसी भएका छन्,जसअन्तरगत वडा नम्बर १ हर्पुकोटमा १८९ जनाले लाभ लिएका छन् भने वडानम्बर २ छाल्दिटारीमा २७२ जना,वडानम्बर ३ दर्लामचौरमा १८१ जना, वडानम्बर ४ दोहोलीमा २३४ जना, वडानम्बर ५ इश्मारजस्थलमा ६२ जना र वडानम्बर ६ अमरपुरमा २९४ जना गरि जम्मा एक हजार दुइ सय बत्तीस जनाले लाभ लिएको सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख बलाराम खनालले जानकारी दिनुभयो।

यस सङ्गसंगै सामाजिक सुरक्षाभत्ता प्राप्त गरिरहेका लाभग्राहीको नवीकरण तथा ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको सुचिकृत गर्ने कार्य पनि पालिकाको प्रत्येक वडामा ३ ठाउँमा गरि १८ ठाउँबाट काम गरिएको प्रमुख प्रशाशकीय अधिकृत धनिश्वर पौडेलले बताउनुभयो। अहिलेसम्म १,२,३, वडाको काम सकिएको र ४,५,६ वडाको काम गर्न सुरु गरिएको बताइएको छ।

Awareness by SKF

आफुले निर्वाचनमा नागरिकको आवश्यकतालाई ध्यानमा राखी काम गर्ने वचन दिएकोले स्थानीयको मर्म अनुसार नै काम गरिरहेको र यस कार्यमा सहयोग पुराउने बैंक, कर्मचारी, जनप्रतिनिधि, स्थानीय समाजसेवीहरुलाइ आभार प्रकट गर्न चाहेको पालिएकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *