Awareness

खोलाले एकै परिवारका ३ जनालाई बगायो

खबर

Place for ads

बुटवल: कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ स्थित कोइली खोलाले एकै परिवारका ३ जनालाई बगाएको छ। खोलाले बगाएकामध्ये एक जनाको मृ त्यु भएको छ भने एक जना बे प त्ता भएका छन्। एक जनाको उ द्धा र गरिएको छ।

मंगलबार बिहान साढे १० बजेको समयमा खोला तर्ने क्रममा वाणगंगा नगरपालिका वडा नं. ७ की ३६ वर्षीय दिल कुमार सुनार, ३१ वर्षीया राममाया सुनार र १२ वर्षीय निरज सुनारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक जेसी साहले बताए।

Get Vaccinated

प्रहरीले खोजी गर्दा करिब १ किलोमिटर दक्षिणतर्फ खोला किनारमा पत्नी राम मायाको शव फेला परेको थियो। १२ वर्षीय छोरा निरज सुनारलाई स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ।

अहिले इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय वाणगंगाको एक विशेष टोलीले नदीमा हराएका वीर बहादुरलाई खोजी कार्य जारी राखेको जनाएको छ।

वाणगंगा नगरपालिका वडा नं. ७ र ९ जोड्ने उक्त स्थानमा २०३९ सालदेखि स्थानीयले पुलको माग गर्दै आएका छन्।

पुल नहुँदा हरेक वर्ष खोला वारिपारि गर्दा मानिसहरूको ज्यान जाने गरेको छ।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *