Hi-Speed Computer

Awareness Campaign

बेसहारा दृष्टिविहिन आमाछोराको सहारा बने समाजसेवी थापा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: पर्वत जिल्लाको जल्जला गाउँपालिका वडा नं ४ की मनकुमारी रेग्मीले विगत ३० वर्ष यहाँ दुबै आँखाको ज्योति गुमाईन्। भत्किन लागेको घरमा उनको सहारा बनेका छन् ४८ वर्षीय छोरा ओम प्रसाद रेग्मी । तर बिडम्बना उनी पनि दृष्टिविहिन हुन् ।

अँध्यारो सन्सार भित्र उज्यालो खोज्दै बाँचिरहेका यि आमा छोरा अभाव र बेसहारा बनि बाँचिरहेका छन् । दुबैले आँखा नदेख्ने भएपछि कमाएर ल्याउने घरमा कोही छैनन् । उनीहरुको सहारा भनेकै एकअर्का हुन्।

बिहान बेलुकी खाने खर्च छैन, सरकारले दिने अपागंता भत्ताले समेत उनीहरुको गर्जो टर्दैन् । केही भएपनि सरकारले दिने सामाजिक सुरक्षा भत्ताले जिन्दगी दुखै दुखका बीच कटेको छ । ३० वर्ष अगाडी श्रीमान गुमाएकी मनकुमारीले दाउरा काट्दै गर्दा आँखामा दाउराले लागेपछि दृष्टि गुमाईन् ।

Forest
Forest
Ad.

जन्मदा एउटा आँखाले देख्ने उनका छोराले भने २४ वर्षको उमेरपछि दुबै आँखाले देख्न छाडे । थोरै बारी अदियामा दिएका छन् त्यसबाट उब्जाउ हुने अन्न १ महिना पनि खान पुग्दैन् । अभाव र पीडाका बीच बाँचि रहेका छन् यी आमा छोरा।

समाजसेवी थापाको सहयोग

यी बेसहारा आमा छोराका लागि समाजसेवी लिल बहादुर थापाले सहयोग गरेका छन् । बाँकेको खर्जुरा गाउँपालिका घर भई हाल अमेरीकामा रहेका थापाले उनीहरुका लागि खाद्यान्न,लत्ताकपडा लगायतका सामाग्री सहयोग गरेका हुन्।

जिटिभि युटुब च्यानलबाट उनीहरुको बारेमा भिडियो सामाग्री प्रशारण भएपश्चात सोही मार्फत थापाले सहयोग गरेका हुन् । जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले थापाले पठाएको २५ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन्।

Awareness by SKF

दृष्टिविहिन आमा छोराको अवस्थाबारे आफुले भिडियो हेरेपछि थोरै भएपनि राहत होस भनेर सहयोग गरेको सहयोगी लिल थापाले बताए। थापाले उनीहरुका लागि आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय स्वास्थ्यकर्मी सरस्वती बोहोराले सहयोगी दृष्टिविहिन आमा छोराको दयनीय अवस्था देखेर सहयोग गरेकोमा सहयोगी थापा प्रति धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै समाजसेवी थापाले गरेको सहयोगले उनीहरुलाई निकै राहत मिलेको बताईन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया