Clean Water Campaign

Awareness Campaign

आर्थिक अभावले बिस्तारामै थलिएका कुमालको गुल्मी अस्पतालले गर्यो निःशुल्क उपचार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडा नम्बर-२, छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ।

२ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो । आर्थिक अवस्था निकै दयनिय अवस्थामा रहेका उनको बुटवलसम्म पुग्ने समेत पैसा नभएपछि गुल्मी अस्पतालबाट निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।

तर बुटवलमा उनि आर्थिक समस्या बताएर उपचार नगरी घरमै फर्किएका थिए । आर्थिक समस्याका कारण भएको घरको लालपूर्जा लिएर उपचार खर्च जुटाउन हिडेका थिए । तर बिरामीको उपचारका कहिबाट पनि उपचार खर्च जुट्न सकेको थिएन् ।

Forest
Forest
Ad.

करिव २ सातासम्म घरमै रहेका कुमालको घाउ दिनानु दिन दुखाई बढ्दै गएपछि पुनः उनको गुल्मी अस्पताल आएपछि उपचार गरिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । रुखबाट लडेर सुरुमा अस्पतालमा आउदा उनलाई निशुल्क रुपमा बुटवलसम्म पुग्ने र उपचारको व्यवस्था मिलाइएको डाक्टर पच्चयाले बताए ।

तर विरामी उपचार नगरी घरमा फर्केका थिए । पुनः उनको गुल्मी अस्पतालमा उपचारपछि अहिलेको अवस्था सामान्य हुदै गएको डाक्टर पच्चयाले बताए । गुल्मी अस्पतालले गरिव निमुखा जनताको लागि स्वास्थ्यको क्षेत्रमा उल्लेखिनीय काम गर्दै आएको छ । पछिल्लो समय गुल्मी अस्पताल सुत्केरी लगायतका अन्य सेवाहरुमा अब्बल बन्दै गएको छ ।

कुनैबेला रिफर सेन्टर जस्तै बनेको अस्पताल अहिले बिरामीहरुका लागि निकै सहज बनेको छ । सरकारी अस्पतालले राम्रो उपचार गर्दैनन भन्ने आम मानिसको सोचाईलाई गुल्मी अस्पतालले चिरदिएको छ । अस्पतालमा हाल दैनिक ३ सय वढि बिरामीले दैनिक सेवा लिदै आएका छन्। भने कयौं सुत्केरीहुने आमाहरु पनि यस अस्पतालमै सेवा लिएर घर फर्केका छन्।

सरकारी अस्पताले आम नागरिकको भरोसाको केन्द्र बनेपछि उपचारकै लागि अनेत्र धाउनुपर्ने बाध्यतालाई केहिहदसम्म कम गरेको छ । जसले गर्दा गरिव ताथ निमुखा नागरिकको लागि धेरै नै सहज अस्पताल बनेको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया