Smoking Causes Cancer

बडिगाड खोलामा २४.६ मेगावाटको जलविद्युत परियोजना बन्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: बडिगाड खोलामा २४.६ मेगावाटको जलविद्युत परियोजना बन्ने भएको छ। लमजुङको दोर्दी-ए लिवर्टी इनर्जी कम्पनी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।

आयोजनाको अध्ययन पूरा भएकाले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ।

सिंचाई
Forest
Ad.

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायरसुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी जिल्ला भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको लिवर्टी इनर्जी कम्पनीका संचालक राजेन्द्र वस्तीले बताए ।

उनका अनुसार आयोजनाको मुख्य संरचना बडिगाड खोलाको बायाँ किनारामा पर्दछ । खालामा बाँध बाँधी खोलाको बायाँपट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको ६.९८ किलोमिटर हेडरेस सुरुङ हुँदै ३७६ मिटर पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुराइनेछ ।

विद्युतगृहमा जडान भएको ३ वटा टर्वाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ साल भदौभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

Awareness by SKF

आयोजनाबाट वार्षिक १४५.७३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बुर्तिवाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । नयाँ पत्रिका ले समाचार लेखेको छ । तस्विर: सांकेतिक

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया