Salime Malika Krishi Farm

Awareness Campaign

म्याग्दीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामेङमा आज बिहान पहिराले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

पहिरोमा घर संगै पुरिएका घामबहादुर विकको परिवारका पाँचै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर दुई जनाको मृत्यु र तीन वेपत्ता भएकोमा वेपत्ता भएका तीन जनाको समेत शब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर ३८ बर्षिय घरमुली घामबहादुर विक, उहाँकी पत्नी ३४ बर्षिय राममायाँ विक, छोरा १५ बर्षका नविन विक, ३ बर्षका छोरा राजन विक र ७ बर्षिय छोरी अस्मी विकको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय गोठे विकको घर समेत बगाएको छ भने गोठे र उहाँकी श्रीमती गोरी विक घाईते हुनुभएको छ ।

सिंचाई
Forest
Ad.

उहाँहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ भने थप उपचारको लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी गरिएको छ । पहिरोमा पुरिएकाहरुको स्थानीयबासी, प्रहरी र जनपप्रतिनिधि समेतको टोली खोजी गर्दा शब फेला परेको बताइएको छ।

[web_stories title=”true” excerpt=”false” author=”false” date=”false” archive_link=”true” archive_link_label=”” circle_size=”150″ sharp_corners=”false” image_alignment=”left” number_of_columns=”1″ number_of_stories=”5″ order=”DESC” orderby=”post_title” view=”carousel” /]

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया