म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका-२ रुमको तामेङमा आज बिहान पहिराले घर बगाउँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
पहिरोमा घर संगै पुरिएका घामबहादुर विकको परिवारका पाँचै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर दुई जनाको मृत्यु र तीन वेपत्ता भएकोमा वेपत्ता भएका तीन जनाको समेत शब फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएर ३८ बर्षिय घरमुली घामबहादुर विक, उहाँकी पत्नी ३४ बर्षिय राममायाँ विक, छोरा १५ बर्षका नविन विक, ३ बर्षका छोरा राजन विक र ७ बर्षिय छोरी अस्मी विकको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले स्थानीय गोठे विकको घर समेत बगाएको छ भने गोठे र उहाँकी श्रीमती गोरी विक घाईते हुनुभएको छ ।
उहाँहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको छ भने थप उपचारको लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी गरिएको छ । पहिरोमा पुरिएकाहरुको स्थानीयबासी, प्रहरी र जनपप्रतिनिधि समेतको टोली खोजी गर्दा शब फेला परेको बताइएको छ।
[web_stories title=”true” excerpt=”false” author=”false” date=”false” archive_link=”true” archive_link_label=”” circle_size=”150″ sharp_corners=”false” image_alignment=”left” number_of_columns=”1″ number_of_stories=”5″ order=”DESC” orderby=”post_title” view=”carousel” /]
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |