Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा रातारात काठको तस्करी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन भुसाल, गुल्मी: गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ। भेडुवा बजारबाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही ढालीएको फेला पारिएको हो। छत्रकोट-३, चोयगा देवपुरीमा मध्यरातमा २० भन्दा बढी सल्लाका रुख ढोजर लगाएर ढाली गोलिया तस्करी गरिएको छ।

स्थानीय कृष्ण टन्डनका अनुसार राती ढोजर लगाएको स्थानीयले देखेर खबर गरेपछी हेर्न आयौँ, आउँदा २०/२२ सल्लाको बोट ढालीएको छ कस्ले रातारात काट्यो कसैलाई थाहा छैन । छत्रदेवी हरियाली सामुदायिक बन उपभोक्ता समितिका सचिव विष्णु पन्त पनि तस्करीको खबर पाएपछी अनुगमनमा पुगे। अनुगमनमा पुगेका सचीव पन्तका अनुसार बन समिती सङ्ग कसैले सल्लाह गरेको छैन , जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन।

काटिएका सल्लाका अधिकांस गोलिया तस्करले लगेका छन भने केही गोलिया सोही जंगलमा छोडेका छन। रातभर काठ काटेर ट्याक्टरमा लोड गरेर लगेको र काम नसक्दै उज्यालो भएकाले केही काठ रहेको हुनसक्ने स्थानियले अनुमान गरेका छन।

सिंचाई
Forest
Ad.

“काठ तस्करी भएको बारे डिभिजन बन कार्यालय गुल्मीमा खबर पनि गरिएको छ, अब स्थलगत अनुगमन पछि अझै खबर पुर्याउछौं , बन कार्यालयले अगाडि केही गर्ला ” समिती सचिव पन्तले भने। डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले के रहेछ बुझ्न अधिकृत सहितको टोलि पठाएको र अनुसन्धान पछि दोषीलाई बन ऎन अनुसार मुद्दा चलाउने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया