Salime Malika Krishi Farm

Awareness Campaign

बाँदर नियन्त्रणका लागि गुल्मीका एक निवर्तमान वडाध्यक्षले दिए स्थानीयलाई ५० हजार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीमा एक वडाध्यक्षले आफ्नो जन्मदिनको अवसरमा बाँदर नियन्त्रणको लागि ५० हजार प्रदान गरेका छन्।

छत्रकोट गाउँपालिका-४, दिगामका निवर्तमान वडाध्यक्ष डिलाराम न्यौपानले बाँदरको नयाँ तरिकाले नियन्त्रण गर्नका लागि स्थानीयलाई नगद प्रदान गरेका हुन्। जन्मदिनको अवसरमा शुक्रबार उनले दिगाम बोखरस्थित एक चौपारीमा स्थानीयलाई जम्मा गरेर बालीनाली र बाँदर दुवैको संरक्षणका बिषयमा छलफल समेत गरेको संचारकर्मी समेत रहेका स्थानीय भुवन भुसालले जानकारी दिए।

गाउँमा जङ्गगलमा परिणत भएको २० रोपनीभन्दा धेरै जग्गालाई बाँदरका लागि छुट्याइएको छ। सोही जग्गामा बाँदरको निम्ति उपयुक्त फलफुल र खाद्य पदार्थ हुर्काउने र उक्त ठाउँमा तारजाली लगाएर बाँदर खेतीमा आउन नदिने योजना रहेको वडाध्यक्ष न्यौपानेको भनाई छ।

सिंचाई
Forest
Ad.

स्थानीय हिमलाल र ऋषिराम भण्डारीको घलाममा रहेको २० रोपनी जग्गा बार्षिक १४ हजार भाडामा स्थनीयले लिएका छन् । त्यसलाई रेखदेखि एवम् काम गर्नको लागि गोकर्ण ढकालको अध्यक्षतामा १५ सदस्यीय समिति समेत गठन गरिएको छ।

जसको उपाध्यक्षमा डिल्लिराज पन्थ, सचिवमा यम बहादुर नेपाली र कोषाध्यक्षमा शान्ता न्यौपाने लगायत अन्य सदस्यहरु रहेका छन्। जग्गाको भाडा यस बर्ष ५० हजारमध्येबाटै दिने र आगामी बर्षको लागि पालिकासँग समन्वय गर्नेगरी योजना बनाइएको छ।

निवर्तमान वडाध्यक्ष न्यौपानेले आर्थिक बर्ष ०७५/७६ मा दिगामस्थ्ति साविकका सबै वडामा निजि खर्चमा दुई/दुईवटा बाँदर तर्साउने यन्त्र वितरण गरेका गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया