Clean Water Campaign

Awareness Campaign

गुल्मीकी दुर्गा १ हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीकी दुर्गा विश्वकर्मा एक हप्तादेखि सम्पर्क विहीन भएकी छिन्। जिल्लाको रुरुक्षेत्र गाउँपालिका घर भई हाल परिवार सहित अर्घाखाँचीमा बस्दै आएकी २७ वर्षीय उनी श्रावण ९ गतेदेखि बेपत्ता भएकी हुन्।

श्रीमानसगंको सामान्य विवाद पछि राति एक्कासी घरबाट निस्किएकी उनी अहिलेसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । श्रीमानसगैं अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ५ बुढाधी बस्दै आएकी दुर्गा हराएसगैं परिवार चिन्तामा परेको उनकी दिदी प्रिति राना मगरले जानकारी दिईन्।

उनी घर नआएपछि ९ वर्षीय छोरा र ६ वर्षीया छोरीको बिचल्ली भएको छ । उनको परिवारले छरछिमेक आफन्त जताततै खोज्दा पनि फेला नपारेपछि खोजिका लागि सहयोग गर्न सबैसगं अनुरोध गरेका छन्।

सिंचाई
Forest
Ad.

श्रीमान सुरेश विश्वकर्माले श्रीमतीको खोजी गर्न प्रहरीमा निवेदन समेत दिएका छन् । तर कही कतैबाट पनि फेला पार्न नसकिएको उनको भनाई छ।

आमा बेपत्ता भएदेखि छोरी बिरामी परेको सुरेशले बताए । कहीँकतै देख्ने महानुभावले श्रीमान सुरेशको सम्पर्क नं ९८४७३६१९९६ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह समेत गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया