Clean Water Campaign

Awareness Campaign

दाहिने खुट्टाका दुई औंलाबाहेक अरू नचलेपनि सबै क्षेत्रमा अब्बल छन् गुल्मीका ऋषिराम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मनोज कार्की, गुल्मी: शारिरीक रुपमा भिन्न क्षमताका गुल्मीका ऋषिराम कँडेल हरेक क्षेत्रमा अब्बल छन् । जन्मजात फरक शारीरिक क्षमताका उनी खुट्टाका दुई औँलाको भरमा सबैलाई आफ्नो क्षमता पुष्टि गर्दै सबैलाई अचम्मित पारिरहेका छन् ।

गुल्मी गुल्मीको छत्रकोट गाउँपालिका-४ का १८ वर्षीय ऋषिरामको दाहिने खुट्टाका दुई औंलाबाहेक अरू चल्दैनन् । यीनै दुई औँलाको भरमा उनी आफ्नो भविष्य कोेरिरहेका छन् । उनले अहिले कक्षा ९ मा पढ्छन् । कँडेलले औँलाले लेख्ने, मोबाइल तथा ल्यापटप चलाउने जस्ता सबै काम गर्ने गरेका छन् ।

उनका बुबा लक्ष्मण कँडेल ऋषिरामलाई बिहान बिद्यालय छोड्न र बेलुका लिन जान्छन् । उनको घर देखी ३० मिनेटको दुरीमा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छ । ऋषिरामलाई साथीहरूले उचालेर कक्षाकोठासम्म लैजान सहयोग गर्छन् । उनलाई कक्षाकोठा र शौचालयको सहज व्यवस्था गरिएको छ । घर र विद्यालयमा सबैको माया, सद्भाव पाएको उनी बताउँछन् ।

सिंचाई
Forest
Ad.

फरक क्षमताका भएपनि सबैको माया र सहयोगका कारण आफूलाई अरुभन्दा कमजोर र फरक मान्दैनन् उनी । परिवारले सानैदेखि पढ्न बिद्यालय लैजाने ल्याउने गरेपनि उनले खुट्टाका औँलामा कलम च्यापेर लेख्न कहिलेदेखि शुरु गरे भन्ने ठ्याक्कै सम्झना भने कसैलाई छैन ।

ऋषिरामको उपचारको लागि उनका बुबा आमाले अथक प्रयास गरे तर छोराको स्वास्थ्य अवस्थामा केही सुधार आएन । उनी परिवारको एकमात्र सन्तान हुन् । उनका अभिभावक अरु कुनै विकल्प नखोजी छोराको पढाई र स्याहार सुसारमा लागे । कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम गरेनन् आफ्नो एक मात्र लक्ष्य र सपना नै छोराको पढाई र भबिष्य रहेको बुबा लक्ष्मण बताउँछन् ।

ऋषिराम श्रृङ्गा जनता माविका अनुशासित तथा उत्कृष्ट विद्यार्थी हुन् । उनी बर्षेनी कक्षामा प्रथम र विद्यालयमै द्वितीय हुने गरेको प्रधानाध्यापक विकाशचन्द्र खरेल बताउँछन् । उनी पढाईसंगै चित्रकला, गीत, अभिनय लगायत विधामा समेत अब्बल रहेको प्रधानाध्यापक खरेलको भनाइ छ । कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएकाले सबैले उनीहरूबाट सिक्नुपर्ने प्रधानध्यापक खरेल बताउँछन् ।

विद्यालयमा शुस्त श्रवण तथा फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि आवासको सुविधा छ । तर, ऋषिरामलाई सहयोगी चाहिने भएकाले उनी घरमै जान्छन् । विद्यालयमा अध्ययनरत अन्य सुस्त श्रवण भएका विद्यार्थीका लागि विषय शिक्षक र सामग्री उपलब्ध गराईरहेको शिक्षा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले बताए ।

Awareness by SKF

फरक क्षमता भएपनि सबै क्षेत्रमा अब्बल गुल्मीका ऋषिराम एक उदाहरणिय पात्र बनेका छन् । परिवारको साथ सहयोग र आफ्नो अथक मेहेनतले हरेक क्षेत्रमा अब्बल रहेका उनी आफ्नो फरक क्षमतालाई शक्ति बनाएर अघि बढ्न अरुलाई पनि प्रेरणा बन्दै आएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया