Smoking Causes Cancer

गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीमा महिलाको नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ। आर्थिक बर्ष २०७७/७८ को तुलनामा ०७८/७९ मा कम सङ्ख्यामा मात्रै महिलाहरुको नाममा जग्गा लिखत गरिएको छ। सरकारले महिला, दलित र अपाङ्गको नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाको नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छूट गरिएको छ । तरपनि महिलाहरुको नाममा उल्लेख्य रुपमा जग्गा लिखत पारित गरिएको छैन।

आर्थिक बर्ष ०७७/७८ मा जिल्ला मालपोत कार्यालयमा कुल दुई हजार ६४१ जनाले जग्गा लिखत पारित गरेका छन् । जसमध्ये ३९६ ग्रामीण र १९१ नगरका गरी कुल ५४७ जना महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले १३ लाख ९५ हजार ५९ रुपैँया छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ।

आर्थिक बर्ष ०७७÷७८ मा कुल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । जसमध्ये महिला, दलित वा अपाङ्गले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाहरुले मात्रै २२ लाख ९३ हजार ८३० रुपैँया छुट पाएका छन्। आर्थिक बर्ष ०७७÷७८ को तुलनामा ०७८/७९ मा आठ लाख ९८ हजार ७६४ रुपैँया कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेत बहादुर खत्रीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

महिलाहरुले पाउने छुटको अन्तरको आधारमा महिलाहरुको नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाई छ । गुल्मीमा महिलाहरुको मात्र होइन्, कुल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आ.व. ०७७/७८ मा भन्दा आ.व. ७८÷७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिदैँ आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया