Hi-Speed Computer

Awareness Campaign

जून तारा साहित्य समाजले सार्वजनिक गर्‍यो मुक्तक प्रतियोगिताको नतिजा



भुवन काफ्ले
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: जून तारा साहित्य समाजले असार २३ देखि ३२ गते सम्म आयोजना गरेको आमा’ शिर्षकमा मुक्तक प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ।१०८ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा हुम्लाका अनुराग विकाश क्षेत्री प्रथम, सुर्खेतका मिशन शर्मा द्वितीय, रुकुमका गंगाराम बुढा मगर तृतीय र नवलपुरकी प्रमिला पाठक सान्त्वना हुनुभएको छ।

त्यस्तै छविकिरण अधिकारी, सुरेन्द्र चौधरी, सुजता सुवेदी, विरेन्द्र वि.एम, कुशल श्रेष्ठ, हेमन्त आँसु, प्रयासी प्रविना पौडेल, दुर्गा सानू खड्का, प्रजित कुँवर र सपना कुँवर उत्कृष्ट १० भित्र पर्नु भएको संस्थाका अध्यक्ष गणेश विष्ट बर्सातले ओझेलका खबर डट कमलाई जानकारी दिनुभएको छ।


प्रतियोगिताको नतिजा जून तारा साहित्य समाज युट्युब च्यानल मार्फत संस्थाकी उपाध्यक्ष रचिता दाहालले वाचन गरि प्रसारण गरिएको छ।आफ्नो २४ औं जन्मदिनको अवसर पारी कमलराज विष्टले पुरस्कार सौजन्य गर्नुभएको थियो।

Forest
Forest
Ad.

विगत लामो समय देखि नेपाली साहित्य र त्यसको संरक्षणको लागि जून तारा साहित्य समाजले थुप्रै अनलाइन कार्यक्रम तथा उदाहरणीय काम गरेको संस्थाका महासचिव श्याम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। त्यस्तै निर्णायकमा हिउँकला हाँसी खतिवडा,कमलराज विष्ट मगर,विशाल सुवेदी र रचिता दाहाल रहनुभएको थियो।र सबैलाई मायाको चिनो प्रदान गरिएको आयोजक संस्था जून तारा साहित्य समाजले जानकारी दिएको छ।

सोही अवसरमा समाचार सम्प्रेषण गरिदिएको भन्दै आयोजकले अनलाइन मिडिया ओझेलका खबर डट कमका संवाददाता गिरीजा कुँवर र सल्यान परिवेशका सम्पादकलाई मायाको चिनो प्रदान गरेको छ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया