Salime Malika Krishi Farm

Awareness Campaign

पाल्पा बस दुर्घटना अपडेट: मृतक ६ जनाकै सनाखत



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: पाल्पा बस दुर्घटनाका मृतक सबै मृतकको सनाखत भएको छ। बस दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। उनीहरु सबैको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका – २ का सुरज भन्ने यज्ञबहादुर सोमै , रुपन्देहीको देवदह नगरपालिका – ७ कि ८७ बर्ढिया डिलसरा कामी, नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका – ५ कि २४ बर्षिया पुर्णिमा बिक, बाग्लुङ्ग्को बडिगाड गाउँपालिकाकी अन्दाजी ४५ बर्षिया यमकली थापा, गुल्मीको मुसिकोट नगरपालिका – ७ का ४५ बर्षिय लाल बहादुर राना कुमाल र गुल्मी कै चन्द्रकिट गाउँपालिका ८ झुर्म गाउँका १५ बर्षिय प्रबेश काफ्ले रहेका छ्न ।

यो पनि: बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोटमा दुर्घटना, ६ जनाको मृत्यु

सिंचाई
Forest
Ad.

उनिहरुको सनाखत भएको पाल्पाका प्रहरी प्रमुख एसपी जनक बहादुर शाहिले बताए । उनका अनुसार जिल्ला अस्पताल पाल्पामा उपचार गराउने घाइते १६ जमामध्ये ८ जना डिस्चार्ज भएका छ्न ।

८ जनाको उपचार भइरहेको छ । २ जनाको अवस्थ गम्भीर रहेको शाहीले बताए।

आइतबार १० बजे बाग्लुङ्ग्को बुर्तिबाङ्ग बाट बुटवलका लागि हिडेको लु १ ख५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना हुँदा उप्त ज्युधनको क्षती भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया