Awareness

पाल्पा बस दुर्घटना अपडेट: मृतक ६ जनाकै सनाखत

खबर

Place for ads

प्रेम सुनार, गुल्मी: पाल्पा बस दुर्घटनाका मृतक सबै मृतकको सनाखत भएको छ। बस दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। उनीहरु सबैको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका – २ का सुरज भन्ने यज्ञबहादुर सोमै , रुपन्देहीको देवदह नगरपालिका – ७ कि ८७ बर्ढिया डिलसरा कामी, नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका – ५ कि २४ बर्षिया पुर्णिमा बिक, बाग्लुङ्ग्को बडिगाड गाउँपालिकाकी अन्दाजी ४५ बर्षिया यमकली थापा, गुल्मीको मुसिकोट नगरपालिका – ७ का ४५ बर्षिय लाल बहादुर राना कुमाल र गुल्मी कै चन्द्रकिट गाउँपालिका ८ झुर्म गाउँका १५ बर्षिय प्रबेश काफ्ले रहेका छ्न ।

Get Vaccinated

यो पनि: बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोटमा दुर्घटना, ६ जनाको मृत्यु

उनिहरुको सनाखत भएको पाल्पाका प्रहरी प्रमुख एसपी जनक बहादुर शाहिले बताए । उनका अनुसार जिल्ला अस्पताल पाल्पामा उपचार गराउने घाइते १६ जमामध्ये ८ जना डिस्चार्ज भएका छ्न ।

८ जनाको उपचार भइरहेको छ । २ जनाको अवस्थ गम्भीर रहेको शाहीले बताए।

आइतबार १० बजे बाग्लुङ्ग्को बुर्तिबाङ्ग बाट बुटवलका लागि हिडेको लु १ ख५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लघुवामा दुर्घटना हुँदा उप्त ज्युधनको क्षती भएको थियो।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *