Smoking Causes Cancer

​गुल्मीको मदानेमा करेन्ट लागेर एक महिलाको मृत्यु, बदेल धपाउन तार बिछ्याउने युवक नियन्त्रणमा



ओझेलका खबर
४ हप्ता अगाडि


Place for ads

​ओझेलका खबर, गुल्मी।  गुल्मीको मदाने गाउँपालिकामा जंगली बदेल धपाउन मकै बारीमा छाडिएको बिजुलीको नाङ्गो तारमा परी एक महिलाको मृत्यु भएको छ। ​मृत्यु हुनेमा मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डाल कुमारी खत्री रहेकी छन्।

​प्रहरीका अनुसार गत भाद्र २२ गते अपरान्ह करिब ४:३० बजे खत्री आफ्ना ८ वर्षीय नाति अनमोल केसीसँग वडा नं. १ ओख्लेदहस्थित भतिजी बाल कुमारी रावतको घरमा जान भनी हिँडेकी थिइन्। बाटोमा पर्ने ठूलाचौर भन्ने स्थानमा पुगेपछि  नातिलाई घर जाउ भनी फर्काइदिएकी उनी त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।

​श्रीमती घर नफर्किएपछि श्रीमान् पिम बहादुर खत्रीले भाद्र २४ गते इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खोजतलासका लागि लिखित निवेदन दिएका थिए।

सिंचाई
Forest
Ad.

खोजतलासका क्रममा भाद्र २६ गते दिउँसो २:५५ बजे मदाने–१ ठूलाचौरस्थित सन्तोष विष्टको कोदो बारीमा उनी मृत अवस्थामा फेला परेकी हुन्।

​घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का गर्दा मदाने–१ ओख्ले बस्ने ३० वर्षीय सन्त बहादुर विष्टले मकै बारीमा जंगली बदेल धपाउनका लागि नाङ्गो जि.आई. तारमा बिजुलीको करेन्ट छाडेको र सोही तारमा परेर खत्रीको मृत्यु भएको खुलेको छ।

​घटनापछि प्रहरीले करेन्ट छाड्ने सन्त बहादुर विष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ।

घटनाको कानुनी प्रक्रिया र स्थलगत मुचुल्का पश्चात मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी डिएसपी बिरेन्द्रवीर बिश्वकर्माले हामीलाई पठाएको समाचार विवरणमा उल्लेख छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो