रोल्पामा चार दिनअघि माछा मार्ने क्रममा खाईरा खोलाले बगाएका दुई जनामध्ये एक जनाको शव आज फेला परेको छ। अर्का व्यक्ति अझै बेपत्ता छन्।
रोल्पा नगरपालिका–२ का करिब ३० वर्षीय रमेश नेपालीको शव रोल्पा नगरपालिका–६ स्थित खाईरा खोलाको टापु क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
सोही घटनामा रोल्पा नगरपालिका–२ कै ४२ वर्षीय शेरबहादुर घर्ती मगर भने अझै बेपत्ता छन्।
असोज १ गते माछा मार्ने क्रममा दुवै जनालाई खोलाले बगाएको थियो। फेला परेको नेपालीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ भने घर्ती मगरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
ओझेलका खबर
मिति : असोज ४, २०८३
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



