Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा ३ झोलुङ्गे पुल सहित बडिगाड-९ को वडा कार्यालय भवनको एकैसाथ उद्घाटन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कमल पौडेल, खर्बाङ: बडिगाड गाउँपालिका वडा नं. ७ भिमगिठे र वडा नं. ९ दर्लिङ जोड्ने आकाशे पुल सहित दर्लिङ मालारानीमा रहेको २ पुल सहित एकै पटक तिनवटा झलुङ्गे पुलको उद्घाटन भएको छ। बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ति पुलहरुको उद्घाटन गर्नुभएको हो।

सो उद्घाटन कार्यक्रममा वडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ र वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रि लगाएतको सहभागिता रहेको थियो।

सिंचाई
Forest
Ad.

टि.वि.एस.यु.को संयोजन, झोलुंगेपुल क्षेत्रगत कार्यक्रम र बडिगाड गाउँपालिकाको आर्थिक लगानी र बडिगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको समन्वयमा पुलहरु निर्माण भएका हुन्।

त्यस्तै वडा नं. ९ को वडा कार्यालय भवनको पनि उद्घाटन भएको छ। वडा को केन्द्र दर्लिङ खोलामा करिब ३७ लाख लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको हो। सो कार्यालयको पनि गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन गर्नुभएको हो। यस वर्ष बडिगाड गाउँपालिकाको प्रमुख प्रशासकिय भवन सहित सबै वडामा वडा कार्यालयहरु सम्पन्न हुने चरणमा रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया