Awareness Campaign

आज गुल्मीको मालिकाको दर्लिङमा बस आउने, स्थानीयहरू खुशी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिकाको दर्लिङमा बस आउने भएको छ। जिल्लाको विकट भनेर चिनिने मालिका-१ को नेटा, वडा नम्बर २ को दर्लिङ र वडा नम्बर ३ को ह्वाङ्दीमा बस आउने भएको हो।

फागुन ५ गते पश्चिम नेपाल बस व्यवसायी समितिको बस आउने बिहान १० बजे दर्लिङ आउने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए। सडकको पहुँच नभएका कारण नेटा, दर्लिङ, र ह्वाङ्दीका नागरिक चर्को भाडा तिरेर तम्घास, बुटवल पुग्नुपर्ने बाध्यतामा रहेका थिए।

अहिले सडक स्तरोन्नतिको काम सकेर बस ल्याउन थालिएको गिरिले बताए। बस सेवाको शुभारम्भ नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण विष्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बस आउने भएपछि स्थानीय बसको प्रतिक्षामा खुशी छन्।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया