Awareness

Get Vaccinated

खबर प्रभाव: गुल्मीको तम्घासमा अलपत्र गर्भवती महिला एक संस्थाको संरक्षणमा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गत बिहिवार बिहान गुल्मीको सदरमुकाम तम्घासको चिदिचौर स्थित चिसो भुँईमा लडेकी एक गर्भवती महिलाको गुल्मीको एक संस्थाले उनलाई संरक्षण दिँदै आएको छ। जिल्लाको इस्मा गाउँपालिका-२, झिर्नेटा माइती घर भएकी ३२ वर्षीया दशा नेपाली (नाम परिर्वन) स्थानीय एक जना क्षेत्री थरको पुरुषको अ-वैध सम्बन्धबाट ९ महिनाको गर्भधारण गरेको बताउँछिन्।

तर ती पुरुषले अहिले मेरो गर्भ होईन भन्न थाले पछि उनी छिमेकीहरुको सहयोगमा उनी न्याय माग्न सदरमुकाम आएकी हुन्। ओझेलका खबर डटकममा खबर प्रकाशित भएपछि उनलाई सदरमुकाम तम्घासको अमरकल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित महिला सामुदायिक सेवा केन्द्रले गत बिहीबारदेखि संरक्षण दिदै आएको हो।

यो पनि: गुल्मीमा चिसो चौरमा गर्भवती महिलाको विचल्ली, न्याय खोज्दै सदरमुकाम

अमरकल्याण महिला विकास बहुउद्देस्यीय सहकारी सस्थाकी ब्यवस्थापक अञ्जु पन्थीले उनको न्यायको पक्षमा संस्थाले प्रहरी प्रशासन संग समन्वय गरि उनको न्यायको पक्षमा सहजिकरण थालेको बताईन्। महिला सामुदायिक सेवा केन्द्रकी सहजकर्ता माया बरालले गत विहिवार देखि ती महिलाको खान बस्नको व्यवस्था मिलाउनुका साथै उनको निरन्तर स्यहारसुसारमा खटिरहेकी छन्।

प्राप्त जानकारी अनुसार केहि वेर अघि मात्र त्यस सामुदायिक महिला सेवा केन्द्रले आरोपित पुरुषलाई बोलाएर छलफल थालेको छ। महिनाबारी रोकिए पछि तिनै पुरुषले ती महिलालाई स्वास्थ्य परिक्षण गराई गर्भधारण गराएको खुलेको थियो। स्थानीय समाजसेवी डोलबहादुर नेपालीले उनलाई यस अघि दुई जना पुरुषहरुले धोका दिए पछि उनि माईतीको शरणमा बस्दै आएको बताए।

‘माईती घर पनि भन्नु मात्रै छ । सम्पत्तीका नाममा सानो एउटा झुपडी छ । बृद्ध बाबु आमा बिरामी परेर अर्कैको आश गर्ने अवस्थाका छन् ’– नेपालीले भने यी महिलाले अरु कहाँ काम गर्दै ज्यान पाल्दै आएको अवस्थामा अहिले थप विचल्लीमा परेकी छन् । ’’– नेपालीले भने यी महिलाले अरु कहाँ काम गर्दै ज्यान पाल्दै आएको अवस्थामा अहिले थप विचल्लीमा परेको बताएकी छन्।’

उनका अनुसार ती पुरुषले सुरु सुरुमा मेरै गर्भ हो भन्दै हिडे पनि अहिले छिमेक र दर–दाजु भाईहरुले जात नमिल्ने महिला भएकोले मेरो होईन भन भन्न लगाएर उचालेका छन्। उनका पुर्व पति तर्फका तीन सन्तान १०/११ बर्षकै उमेरमा बुटवलका होटलहरुमा जुठा भाँडा माझेर ज्यान पालिरहेका छन्।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया