Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा चिसो चौरमा गर्भवती महिलाको विचल्ली, न्याय खोज्दै सदरमुकाम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: बिहिवार बिहान गुल्मीको सदरमुकाम तम्घासमा हुस्सु लागेको थियो। गत एक हप्ता देखि घाम नलागेर चिसो मौसम भएपछि मानिसहरु घरबाट कमै मात्रमा बाहिर निक्लेको देखिन्थ्यो। कोही जरुरी कामले बाहिर निक्ले पनि निकै न्याना कपडा लगाएर निक्लेका थिए।

बिहिवार बिहान त्यसै जाडो र चिदिचौरको चिसो भुँईमा लडेकी थिईन एक महिला। उनी नजिक पुग्दा शरिरमा पातलो कपडा लगाएकी, सुनिएको मुख, फुलिएको पेट देखियो। जाडोले थर्थरी काँप्दै थिईन्। लडेकी उनलाई एकछि उठेर बस्न आग्रह गरि सोधपुछ गर्दै जाँदा थाहा भयो उनि न्याय पाईन्छ कि भनेर सदरमुकाम तम्घास आएकी रहिछन्। गुल्मीको इस्मा गाउँपालिका, झिर्नेटा माईती घर भएकी ३२ बर्षीया दशा नेपाली (नाम परिवर्तन) हुन पनि उनि साह्रै पीडित महिला रहिछन्।

तीन सन्तानकी आमा उनलाई विवाहित दुवै पुरुषहरुले धोका दिई उनि माईतीको शरणमा बस्न बाध्य रहिछन्। १०/१२ बर्ष उमेरका तीन सन्तानहरु बुटवलका होटलहरुमा भाँडा माझेर ज्यान पाल्ने गरेका रहेछन्। माईती घरमा वृद्ध बिरामी बाबु, आमा त्यस्तै। सम्पत्तीका नाममा बास मात्रै। माईती घरमा प्रायः सधैँ छाक अड्किने भए पछि उनि कसैको घरमा जे काम लगाउँछन् त्यही काम गर्दै भोक टार्दै आई रहेको बेला फेरी माईती देश कै एक पुरुषले उनलाई कामवासनाको शिकार बनायो।

Forest
Forest
Ad.

उनी भन्छिन्, ‘छिमेकी छल्दीटारको एक पुरुषले माया गर्छु विवाह पनि गर्छु भन्दै गत जेठ महिनामा छल्दीटार कै जलपादेविको मन्दिरमा लगेर रात बितायो। असार महिनामा फेरी आफ्नो घर मै लगेर राख्यो। मेरो बाहिर सर्ने क्रम रोकिए पछि उसैले साउन महिनामा लगेर जँचायो र तब मात्र गर्भ रहेको थाहा पाएकी हुँ। अहिले ९ महिनाको गर्भ भएको छ। उसले अहिले आएर मेरो होईन भन्छन। म कहाँ जाउँ? भोली कसले सुत्केरी खर्च ब्यहोर्ने हो? उनले निन्याउरो स्वरमा त्यसरी बिलौना पोखिन्।

स्थानीय डोलबहादुर नेपाली भन्छन्, ‘यी महिलालाई छल्दीटार कै कुँवर थरका एक पुरुषले गर्भधारण गराएको भनेर उनले सुरुदेखि नै बताउँदै आएकी छन्। सुरु सुरुमा त्यो मान्छेले पनि मेरै हो भन्थ्यो। पछि जात नमिल्ने भन्दै उनलाई केहि मान्छेहरुले उचालेर मेरो गर्भ होईन भन्दै आएको छ। उसको श्रीमति छोरा छोरीहरुले पनि छाडेका छन्। हामी यी महिलालाई लिएर धेरै चोटी तम्घास आयौँ। प्रहरीमा उजुरी पनि दिएका छौं। प्रहरीले खासै चासो नदिएको जस्तो लाग्यो।

सुत्केरी उनी आज हो कि भोलि भन्ने अवस्था छ। उनलाई राख्ने खुवाउने ठाउँ पनि कतै छैन। बाबु आमा बिरामी छन्। उनीहरु कै बिचल्ली माथि छोरीको थप बिचल्ली देखि पछि बिरामी बाबु थप गम्भीर बन्दै गएका छन्।’ नेपाली यी महिलाको उद्दारका लागि विभिन्न संघ संस्था र व्यक्तिहरु संग सहयोगको अपिल गरेका छन्। उनको त्यो विचल्ली देखे पछि हामीले जिल्ला प्रहरी प्रबक्ता डिएसपी माधव प्रसाद खरेलको ध्यानाकृष्ट गर्याऔँ।

उनले भने, ‘उजुरी परे पछि एक चोटी त्यो आरोपी पुरुषलाई बोलाएर सोधपुछ गर्दा मेरो गर्भ होईन भन्यो। हामीले जबरजस्ती भिराउन नमिल्ने, सुत्केरी भए पछि डिएनएन टेष्ट लगायतको प्रविधिबाट ठहरिए जिम्मा लगाउने कुरा हुन सक्छ।’ उनले त्यहाँका केहि अगुवाहरुलाई बोलाएर कानुनी सुझाव दिने र पुनः एक पटक ती पुरुषलाई बोलाए। यो खबर ग्लोबल आवाजबाट साभार गरिएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया